Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
२०७४ भाद्र १०, शनिवार अर्थ/विकास, कास्की - KSK

प्रदेश नम्वर चार समृद्धीका सम्भवना

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पोखरा १० भदौ । प्रदेश नम्वर चार आर्थिक, साँस्कृतिक र धार्मिक रुपमा धनि रहेकाले समृद्धिका लागी प्रचुर सम्भावना रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । प्रदेश चार हिमाल र पहाडी जिल्ला मिलेर बनेकाले यहाँको पर्यटन र जलस्रोतलाई प्रयोग गर्नसके समृद्ध प्रदेश बन्ने बताए । नेपाल बृद्धिजिवी परिषद् कास्कीले आयोजना गरेकोे प्रदेश नम्वर चारको समृद्धि संभावना र चुनौतीहरुरु विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व सचिव बालानन्द पौडेलले प्रदेश चारको समृद्धिका लागी लगानीकोे वातावरण सृजना गर्नुपर्ने बताए ।उनले यस प्रदेशमा उर्जा, पर्यटन र कृर्षिका लागी प्रचुर सम्भावना रहेकाले अव आन्तरीक तथा बाह्य लगानी भित्राउन वातावण सृजना गर्नु मुख्य चुनौती रहेको बताए । लगानीकर्ताकोे लगानी, जनशक्तिको ब्यवस्थापन गर्न सके लगानीकर्र्ता आकर्षित हुने उनको भनाई थियो ।

लगानीको वातावरण नभएसम्म लगानी भित्रिन नसक्दैन, उपयुक्र वातावरण सृजना गर्नुपर्छ उनले भने । पौडेलले प्रदेशकोे साझा र विस्तृत योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।चार नम्वर प्रदेशमा भौगोलिक विविधता रहेकाले सुन्दर रहेको भन्दै दिर्घकालीन योजना सहित विकासकोे खाँचो रहेको बताए । एमाले नेता खगराज अधिककारीले चार नम्वर प्रदेशले ऐतिहासिक र सांस्कृतिक धरोहर क्षेत्र भएकोे बताउदै विकास र समृद्धिकोे सम्भवना भएको बताए । योे प्रदेश ऐतिहासिक प्रदेश हो, यहाँ कृर्षि, पर्यटन र उर्जाको प्रचुर सम्भवानासंगै धार्मिक र सांस्कृतिक महत्व छ उनले भने ।

समाजशास्त्री गणेशमान गुरुङले अन्तराष्ट्रिय विमानस्थल निर्माणसंगेै प्रदेश नम्वर चार समृद्ध बन्ने बताए । धनि प्रदेश बनाउन पर्यटन, कृर्षि र उर्जाको विकासमा ध्यान दिनुपर्ने बताए । उनले चार नम्वरका सवै जिल्लाकोे आआफनै अस्तित्व र विशेषता रहेको बताउदै पर्यटकीय क्षेत्र, सास्कृतिक क्षेत्रहरुकोे संरक्षण गर्नुृपर्नेमा जोड दिए । नेपाल बुद्धिजिवि परिषद् कास्कीका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।