Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महोत्तरीको मुख्य बाटो आजदेखि सञ्चालन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ११,गौशाला। बाढीले बाटो बगाएपछि करिब १५ दिनसम्म बन्द रहेको महोत्तरी जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ ।

जिल्लाकै प्रमुख सडकखण्ड अविरल वर्षाका कारण आएको भीषण बाढीबाट क्षतिग्रस्त भएपछि गत साउन २९ गतेदेखि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको थियो । प्रजिअ बाबुराम श्रेष्ठले सम्बन्धित ठेकेदार र सडक डिभिजन कार्यालयसँग तुरुन्त बैठक गरी नेपाली सेनासमेतको सहयोगमा सो सडकखण्डको मर्मत सम्भार र बाढीले बगाएको बाटो बनाएर आजदेखि सो सडकखण्ड पूर्णरुपमा सञ्चालन भएको जनाइएको छ ।

जलेश्वर–जनकपुर सडकखण्डको आधा दर्जन बढी ठाउँमा बाढीले बाटो बगाएको तथा सो सडकखण्डको पर्सा र पिपराबीचमा यातायात नै सञ्चालन हुन नसक्ने गरी बाटो कटान गरेका कारण १५ दिनसम्म यातायात अवरुद्ध थियो ।

यसअघि करिब एक सातादेखि सो सडकखण्डमा पर्सा बारी र पिपरा पारी गरी दुई खण्डमा गरी बस सेवा सञ्चालनमा आए पनि भरपर्दो र नियमित रहेको नहुँदा र करिब दुई किमी पैदल हिँडेर दुई बसमा बस्नुपर्ने बाध्यता रहेका कारण सरसामान बोकेर यात्रा गर्न नसकिने भएको थियो ।

बाटो पूर्णरुपमा सञ्चालन नहुँदा यसअघि नभई नहुने कामकाजका लागि मात्रै सो सडकखण्डमा यात्रु जाने गरेका थिए । बिरामी र अन्य आवश्यक कामकाजका लागि जिल्लावासी भारतीय शहर बजारमा जाने गरेका थिए । आजदेखि बाटो सञ्चालन भएसँगै अब सम्पूर्ण कामकाज र सेवा आफ्नै गाउँठाउँमा पाइने भएको छ । रासस