Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखरा रंगशालामा बोरिङ खनेर खानेपानीको व्यवस्था

By kit 2 मिनेट पढाइ

भदौ १२,पोखरा। वर्षौंँदेखि खानेपानीको समस्या व्यहोर्दै आएको पोखरा रंगशालामा अहिले बोरिङ खनेर खानेपानीको व्यवस्था गरिएको छ ।

युवा तथा खेलकूद मन्त्रालयबाट रु १७ लाख निकासा गरी बोरिङ खनेर पानीको व्यवस्था गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो ।

सन् २०१९ मा नेपालमा हुनगइरहेको १३ औँं साग खेलकूद अन्तर्गत पोखरामा पाँचवटा खेल हुनगइरहेको, खेलकूदका ठूलठूला पूर्वाधार योजना शुरु भएको र खेलकूद मैदानलाई सधैँ हरियाली बनाउन पनि पानीको अत्यावश्यक परेको सो व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

जमिनबाट झण्डै १५० मिटरको गहिराइसम्म खनेर पानी निकालिएको छ । आठ इञ्चको पाइपबाट पानी तानेर दुईवटा ठूलठूला भूई ट्याङ्की बनाएर पानीको सहज आपूर्तिको व्यवस्था गरिएको छ । रासस