२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सप्तरीमा बाढीका कारण पशु मर्दा रु छ करोडको क्षति

२०७४, १८ भाद्र आईतवार १०:१९

भदौ १८, राजविराज। सप्तरीमा हालै आएको बाढी र पहिरोका कारण पशु मरेपछि ठूलो क्षति भएको छ । 

जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा बाढीबाट ७०० दुई वटा पशु मरेको र ३७ वटा गाईगोठ भत्किएर पूर्णरुपमा क्षतिगस्त भएको छ । सो बाढीमा परी ७८ वटा पशु बाढीले बगाएको थियो । दुई हप्ता अगाडि आएको भीषण बाढीका कारण जिल्लामा ७० हजार पशु प्रभावित भएको र सात हजार पशु अझै बिरामी परेको पशुसेवा कार्यालयले जनाएको छ । 

बाढीबाट अति प्रभावित जिल्लाको हनुमानगर कंकालनी नगरपालिकाको रम्पुरा मलहनिया, डलवा, सकरपुरा, तिलाठी, कोइलाडी र टिकुलिया, कुशाहा, वनरझुला कृष्णसवरण गाउँपालिकाको बक्धुवा, बेल्ही चपेना लगायतका ठाउँमा पशुको ठूलो क्षति भएको बताइएको छ । 

त्यस्तै सुरुङ्गा नगरपालिकाको मल्हनमामा ३०० कुखुरा, शम्भूनाथ नगरपालिका र राजविराज नगरपालिका तथा सप्तकोशी नगरपालिकाको फतेपुरमा रु १० लाखभन्दा बढी माछा बाढीले बगाएको माछा पालक कृषकले बताएका छन् । यस्तै बोदेबर्साइनमा रहेको २१ वटा बाख्रापाठा र एउटा बाछी मरेको छ । अहिले चौपायामा दूषित पानी खानाले मुख र नाकबाट पानी बग्ने, कमलपित्त, ज्वरो, निमोनिया तथा भ्यागुतेजस्ता रोगका लक्षण देखा परेको पशु स्वास्थ्य कार्यालयका प्राविधिकको भनाइ छ । 

बढीबाट रु १६ करोडको क्षति 

साउनको अन्तिम साता आएको अविरल वर्षापछिको बाढीले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयद्वारा निर्माण गरिएको बाँध लगायतका पूर्वाधार क्षतिग्रस्त हुँदा रु १६ करोड ४४ लाख मूल्य बराबरको क्षति भएको छ । 

बाढी तथा अन्य प्राकृतिक प्रकोप नियन्त्रणका लागि सप्तरी, सिराहा र उदयपुरमा सो कार्यलयबाट विगत दुई वर्षदेखि निर्माण गरिएको बाँध, नदी नियन्त्रणका पूर्वाधार, कल्भर्ट, ग्राविलिङ बाटो, बाँसको कच्ची तटबन्ध लगायतका पूर्वाधार क्षतिग्रस्त भएको कार्यालयका प्रमुख रामनरेश मण्डलले बताउनुभयो । 

त्यस्तै चुरे क्षेत्रको संरक्षणका लागि शुरु गरिएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गतको पूर्वाधारमा पनि क्षति पुगेको बताइएको छ । सप्तरीको महुली तथा खड्ग नदी नियन्त्रणका लागि निर्माण गरिएको बाँध पाँच किमीसम्म क्षतिग्रस्त भएको छ । 

साउनको अन्तिम साता बाढी आउँदा माहुली बजारलगायत त्यहाँका एक दर्जन गाउँमा क्षति हुन नदिन र बाँध फुट्न नदिन सो कार्यालयले बोरामा बालुवा हालेर, घाँसपात र तारको जाली बाँसको तटबन्ध बनाएर बाँध सुरक्षित गर्ने प्रयास गरेको थियो । बाढी अत्यधिक भएकाले बाँध बचाउन नसकिए पनि स्थानीय बासिन्दालाई ठूलो क्षतिबाट जोगाउन सफल भएको कार्यालय प्रमुख मण्डलले बताउनुभयो । हाल उक्त कार्यालयका इञ्जिनियर अरुण झाको नेतृत्वमा बाँध नियन्त्रणको प्रयास भइरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ