Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कञ्चनपुरका ईटा व्यवसायीद्वारा दोहोरो कर हटाउन माग

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौँ १९, कञ्चनपुर | कञ्चनपुरका ईटा व्यवसायीले ‘ईटा’को दोहोरो कर हटाउन माग गरेका छन् । सोमबार कञ्चनपुरमा महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघको पाँचौँ बार्षिक साधारण सभामा बोल्ने ईटा व्यवसायीले यस्तो दोहोरो कर हटाउन माग गरेका हुन् ।

महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघका निर्वतमान अध्यक्ष शंकर बहादुर चन्दले दोहोरो करका कारण व्यवसायी मारमा परेको बताए । उनका अनुसार एउटै बस्तुमा ठाउँ ठाउँमा कर लिदा व्यवसायीलाई समस्या हुने गरेको छ । ‘कच्चा पदार्थ र ईटा बनेपछि सरकारी निकायले ढुवानी गर्दा दोहोरो कर लिने गरेका छन्, ‘उनले भने, ‘यसबाट व्यवसायीमाथी दोहोरा भार पर्दछ ।’

इटा व्यवसायीले कोईला, माटो ढुवानी गर्दा कर तिनुपर्ने अनि ईटा बिक्रि गर्दा समेत ठाउँ ठाउँमा कर तिनुपर्ने मारबाट व्यवसायीलाई उन्मुक्ति दिन माग गरेका छन् । ईटाको काम जोखिम भएकाले व्यवसायीलाई चुनौती चुनौती रहेको उनीहरुको भनाई छ । विकास निर्माणमा ईटा व्यवसायीको महत्वपुर्ण भूमिका भएपनि राज्यस्तरबाट सहुलियत नपाएको उनीहरुको गुनासो छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष फैरु तामाङ्गले ईटा व्यवसायीको समस्या स्थानीय तह मार्फतबाट सकिने विषयलाई आफुले प्रयास गर्ने आवश्वासन दिएका छन् । कार्यक्रममा महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघले जिल्ला समन्वय समिति कञ्चनपुरका नव निर्वाचित प्रमुख फैरु तामाङ्गलाई समेत सम्मान गरेका छन् ।

तामाङ्ग ईटा व्यवसायी तथा संघका पुर्व उपाध्यक्ष भएकाले सम्मान गरिएको महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघका निर्वतमान अध्यक्ष शंकर बहादुर चन्दले बताए । उनका अनुसार प्रमुख तामाङ्गलाई प्रसंसा पत्र दिदै दोसल्लाले ओढाएर सम्मान गरिएको छ । महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रकास बहादुर रावलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा यहाँका ईटा तथा टायल व्यवसायीहरुको सभागिता रहेको थियो ।