२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पाली ढाका, करुवा र अदुवा विदेशी बजारसम्म पुर्याइने

२०७४, २१ भाद्र बुधबार ०६:१४

भदौ २१, पाल्पा। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले पाल्पाको चिनारी पाल्पाली ढाका, करुवा र अदुवाको व्यापार अन्तरराष्ट्रियस्तरसम्म पुर्यायाउने बताउनुभएको छ । 

मंगलबार पाल्पा उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष राणाले ढाका कपडा, करुवा र अदुवाको व्यापार अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सके मुलुकमा आर्थिक सम्मृद्धि विकास हुने बताउनुभयो । 

नेपालमा उत्पादित वस्तु भारत र चीनसम्म निर्यातका लागि उद्योग वाणिज्य संघले पहल गरिरहेको उहाँले बताउनुभयो । अध्यक्ष राणाले मुलुकमा अहिले राजनीतिक वातावरण राम्रो बन्दै गएको बताउँदै स्थानीय निकायसँग समन्वय गरी उद्योग वाणिज्य संघले देशभरि नै उद्योगी व्यवसायीका हितमा रहेर काम गर्न लागेको बताउनुभयो । 

स्वर्ण महोत्सवको अवसरमा उहाँले स्थापना कालदेखि हालसम्म पाल्पा उद्योग वाणिज्य संघमा आबद्ध रहेर महत्वपूर्ण योगदान पु¥याउनु हुने संस्थाका १०० भन्दा बढी पूर्व तथा वर्तमान पदाधिकारीलाई सम्मान पत्रले सम्मान गर्नुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चन्डीराज ढकालले संघले उद्योगी र व्यवसायीको हकहितमा रहेर काम गर्दै आइरहेको बताउनुभयो । 

कार्यक्रम शुरु हुनुपूर्व मंगलबार बिहान झाँकीसहितको ¥यालीले नगर परिक्रमा गरेको थियो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव यादवसिंह कार्कीले गर्नुभएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु