manglung bajet Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... manglung bajet
2026-09-27 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याङलुङ नगरपालिकाको बजेट साढे पाँच करोड बढी

manglung bajet


प्रकाश धौलाकोटी । माघ १, तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै तेह्रथुमको म्याङलुङ नगरपालिकाले साढे पाँच करोड बढीको नगर विकास योजना विहीबार सार्वजनिक गरेको छ ।


नगरपालिकाको तेश्रो नगर परिषद तथा आगामी आर्थिक वर्षकोे बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत सुरेन्द्र थापामगरले आ.व.२०७३/७४ का लागि ५ करोड ८३ लाख ५४ हजारको बजेट तथा कार्यक्रम सार्वजानिक गर्नुभएको हो ।
बजेटमा नगर क्षेत्रको पर्यटन प्रवद्र्धनकालागि बजारको फोहोरमैला र बसपार्क व्यवस्थापन, पोखरी सहितको पार्क निर्माण, छेलेडाँडा भ्यू प्वाइन्ट, राष्टिय विभुति फाल्गुनन्दको स्तम्भ निर्माण, सिमिनाक्सी मन्दिर व्यवस्थापन, मध्यपहाडी लोकमार्गमा लालीगुराँस वृक्षरोपण र जिरिखिम्ती सिमीनाक्सी मन्दिर हुदै संखुवासभाको चौकीबजार पर्यटकीय मार्ग निर्माणलाई विशेष प्राथमिकतामा राखिएको छ । यस्तै नगरपालिकाको भवन निर्माण, बालमैत्री नगरपालिका घोषणा, ज्येष्ठ नागरिक विश्राम स्थल निर्माण लगायतका योजनाहरु पनि प्राथमिकतामा राखिएको छ ।


कुल प्रस्तावित बजेटमध्ये ५९ लाख ५९ हजार चालु खर्च, ३ करोड ८० लाख ७ हजार पँुजीगत खर्च र १ करोड ४३ लाख ८८ हजार सामाजिक सुरक्षा तर्फ विनियोजन गरिएको छ । यस्तै भौतिक पुर्वाधारतर्फ ३५ लाख, प्रवद्र्धनात्मक क्षेत्र तर्फ २४ लाख र लक्षित वर्गमा महिलाकालागि १० लाख, बालबालिकाकालागि १५ लाख र आदिवासी, दलित, अपांगकालागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत मगरले चालु आर्थिक वर्षको ५ करोड ५२ लाख ९८ हजार ३ सय ९८ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सभासद भवानीप्रसाद खापुङले नगरवासीका असीमित इच्छा र आकांक्षालाई सम्बोधन गर्न नगरको सीमित श्रोत, साधनले नभ्याउने भएपनि समावेशी तवरले नगरको विकासमा लाग्न शुभकामना दिनुभयो । कार्यक्रममा पुर्व सांसद तेजमान तुम्बाहाम्फे, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, स्थानीय शान्ति समितिका सयोजक देउनारायण सम्बाहाम्फे, देउराली सोसाइटीका अध्यक्ष दिनेश खनाल, उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र काफ्ले, संचारकर्मी नरेश ढुंगाना र अन्तरपाटी महिला संजालका अध्यक्ष बसन्ती गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह