२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीविकोपार्जनको माध्यम बन्दै कबुलियती वन

२०८२, २६ असार बिहीबार १७:४५
काठमाडौं ।   कमजोर आर्थिक अवस्था भएका समुदायलाई कबुलियती वनले जीविकोपार्जनमा सहयोग पु¥याएको छ । कबुलियत वन समहूबाट यहाँको गण्डकी गाउँपालिकाका सयौँ घरधूरी लाभान्वित भएका छन् ।
गण्डकी गाउँपालिका–२ बिच्छेगैराकी चन्द्रमाया चेपाङले कबुलियत वन समूहमार्फत बाख्रापालन गर्दै आउनुभएको छ । उहाँ २०६२ सालदेखि कबुलियती वन समूहमा आबद्ध हुनुभएको हो । कबुलियती वन बन्नु अघि गाउँभरिका डाँडामा वनमारा थिए । वनबाट आम्दानी हुन्छ भन्ने गाउँलेलाई थाहा थिएन ।
त्यही बेला जिल्ला वन कार्यालयले गण्डकी गाउँपालिकालगायत जिल्लाको विभिन्न स्थानमा १३१ वटा कबुलियती वन समूह गठन ग¥यो । “समूह गठन भएपछि पाल्पाको अम्रिसो खेती हेर्न गयौँ । अग्लो पहाडभरि अम्रिसो देखेपछि हामी पनि केही गर्न सक्छौँ भन्ने लाग्यो”, उहाँले भन्नुभयो ।
चन्द्रमायाको बिच्छेगैरा ‘क’ कबुलियती वन समूहमा छ घरधुरी आबद्ध छन् । उनीहरु सबै जना चेपाङ समुदायका हुन् । पर्याप्त जग्गा नभएका उनीहरु हाल कबुलियत वनमार्फत बाख्रापालनमा आबद्ध छन् । साथै, मौरीपालन पनि गरिरहेका  छन् ।
“आफ्नो जग्गा जमिन थिएन, वन पनि खाली थियो । पहिला २–४ वटा बाख्रापाल्न मुस्किल हुन्थ्यो । अहिले हरेकको घरमा २०–२५ वटा बाख्रा छ”, उहाँले भन्नुभयो, “समूहमार्फत वनमा विभिन्न उन्नत जातको डाले घाँस, भुईँ घाँस लगाएका छौँ । बाख्रा बेचेरै मज्जाले घर खर्च चल्छ अहिले ।” केही गर्छु भन्ने समूहहरुलाई कबुलियती वन कार्यक्रमले धेरै सहयोग पु¥याएको उनीहरुको भनाइ छ । बाख्रा बेचेर मात्र सो समूहका सदस्यले वार्षिक दुई लाखभन्दा बढी आम्दानी लिने गरेका छन् ।
चालु आर्थिक वर्षमा सो समूहमा टिमुर खेतीको कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत बिच्छेगैरा ‘क’ को २.१० हेक्टर क्षेत्रफलमा करिब ६०० बोट टिमुर रोपिएको चन्द्रमायाले बताउनुभयो । “राम्रो उत्पादन गर्न सके टिमुर खेतीबाट आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो । गण्डकी गाउँपालिका–२ मा मात्र १० वटा कबुलियती वन समूह छन् ।
गण्डकी गाउँपालिका–८ का नेत्र श्रेष्ठ स्थानीय कबुलियती वन समूहमार्फत अम्रिसो खेती गरिरहनुभएको छ । “यसअघि वनमा डाले घाँस मात्र लगाएका थियौँ । यो वर्षदेखि अम्रिसो खेती सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “बाख्रापालनबाट राम्रो आम्दानी भइरहेको छ । अब अम्रिसो उत्पादन गर्न सके आम्दानीको स्रोत बढ्ने थियो ।”
चालु आर्थिक वर्षमा गण्डकी सव–डिभिजन वन कार्यालयले कबुलियती वन समूहहरुमा अम्रिसो खेती, टिमुर खेती र डाले घाँसको विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकाको ४, ५ र ६ वडामा यी कार्यक्रम सञ्चालन गरेको गण्डकी सव डिभिजन वन कार्यालयका रवि यादवले बताउनुभयो । कार्यालयले विभिन्न कबुलियती वन समूहमा दुई हजार २०० बोटका दरले टिमुर, डाले घाँस र अम्रिसो लगाएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा कबुलियती वनमार्फत कृषि, पशु विकास तथा भूक्षय नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताउनुभयो । सामुदायिक वनलाई टुक्याएर जनतालाई कबुलियती वन हस्तान्तरण गरेपछि आयआर्जनको बाटो खुलेको उहाँले बताउनुभयो ।
“आदिवासी, जनजाति, दलित तथा विपन्न घरपरिवारलाई कबुलियती वन दिइएको छ”, उहाँले भन्नुभयो, “कबुलियती वनको अवधारणले गरिबी निवारणका साथै हैसियत बिग्रिएका वनहरु हराभरा बनाउन सहयोग गरेको छ ।” उहाँका अनुसार हाल जिल्लामा २८३ वटा कबुलियती वन समूह छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड