2026-09-13 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीविकोपार्जनको माध्यम बन्दै कबुलियती वन

2025-07-10
काठमाडौं ।   कमजोर आर्थिक अवस्था भएका समुदायलाई कबुलियती वनले जीविकोपार्जनमा सहयोग पु¥याएको छ । कबुलियत वन समहूबाट यहाँको गण्डकी गाउँपालिकाका सयौँ घरधूरी लाभान्वित भएका छन् ।
गण्डकी गाउँपालिका–२ बिच्छेगैराकी चन्द्रमाया चेपाङले कबुलियत वन समूहमार्फत बाख्रापालन गर्दै आउनुभएको छ । उहाँ २०६२ सालदेखि कबुलियती वन समूहमा आबद्ध हुनुभएको हो । कबुलियती वन बन्नु अघि गाउँभरिका डाँडामा वनमारा थिए । वनबाट आम्दानी हुन्छ भन्ने गाउँलेलाई थाहा थिएन ।
त्यही बेला जिल्ला वन कार्यालयले गण्डकी गाउँपालिकालगायत जिल्लाको विभिन्न स्थानमा १३१ वटा कबुलियती वन समूह गठन ग¥यो । “समूह गठन भएपछि पाल्पाको अम्रिसो खेती हेर्न गयौँ । अग्लो पहाडभरि अम्रिसो देखेपछि हामी पनि केही गर्न सक्छौँ भन्ने लाग्यो”, उहाँले भन्नुभयो ।
चन्द्रमायाको बिच्छेगैरा ‘क’ कबुलियती वन समूहमा छ घरधुरी आबद्ध छन् । उनीहरु सबै जना चेपाङ समुदायका हुन् । पर्याप्त जग्गा नभएका उनीहरु हाल कबुलियत वनमार्फत बाख्रापालनमा आबद्ध छन् । साथै, मौरीपालन पनि गरिरहेका  छन् ।
“आफ्नो जग्गा जमिन थिएन, वन पनि खाली थियो । पहिला २–४ वटा बाख्रापाल्न मुस्किल हुन्थ्यो । अहिले हरेकको घरमा २०–२५ वटा बाख्रा छ”, उहाँले भन्नुभयो, “समूहमार्फत वनमा विभिन्न उन्नत जातको डाले घाँस, भुईँ घाँस लगाएका छौँ । बाख्रा बेचेरै मज्जाले घर खर्च चल्छ अहिले ।” केही गर्छु भन्ने समूहहरुलाई कबुलियती वन कार्यक्रमले धेरै सहयोग पु¥याएको उनीहरुको भनाइ छ । बाख्रा बेचेर मात्र सो समूहका सदस्यले वार्षिक दुई लाखभन्दा बढी आम्दानी लिने गरेका छन् ।
चालु आर्थिक वर्षमा सो समूहमा टिमुर खेतीको कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत बिच्छेगैरा ‘क’ को २.१० हेक्टर क्षेत्रफलमा करिब ६०० बोट टिमुर रोपिएको चन्द्रमायाले बताउनुभयो । “राम्रो उत्पादन गर्न सके टिमुर खेतीबाट आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो । गण्डकी गाउँपालिका–२ मा मात्र १० वटा कबुलियती वन समूह छन् ।
गण्डकी गाउँपालिका–८ का नेत्र श्रेष्ठ स्थानीय कबुलियती वन समूहमार्फत अम्रिसो खेती गरिरहनुभएको छ । “यसअघि वनमा डाले घाँस मात्र लगाएका थियौँ । यो वर्षदेखि अम्रिसो खेती सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “बाख्रापालनबाट राम्रो आम्दानी भइरहेको छ । अब अम्रिसो उत्पादन गर्न सके आम्दानीको स्रोत बढ्ने थियो ।”
चालु आर्थिक वर्षमा गण्डकी सव–डिभिजन वन कार्यालयले कबुलियती वन समूहहरुमा अम्रिसो खेती, टिमुर खेती र डाले घाँसको विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकाको ४, ५ र ६ वडामा यी कार्यक्रम सञ्चालन गरेको गण्डकी सव डिभिजन वन कार्यालयका रवि यादवले बताउनुभयो । कार्यालयले विभिन्न कबुलियती वन समूहमा दुई हजार २०० बोटका दरले टिमुर, डाले घाँस र अम्रिसो लगाएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा कबुलियती वनमार्फत कृषि, पशु विकास तथा भूक्षय नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताउनुभयो । सामुदायिक वनलाई टुक्याएर जनतालाई कबुलियती वन हस्तान्तरण गरेपछि आयआर्जनको बाटो खुलेको उहाँले बताउनुभयो ।
“आदिवासी, जनजाति, दलित तथा विपन्न घरपरिवारलाई कबुलियती वन दिइएको छ”, उहाँले भन्नुभयो, “कबुलियती वनको अवधारणले गरिबी निवारणका साथै हैसियत बिग्रिएका वनहरु हराभरा बनाउन सहयोग गरेको छ ।” उहाँका अनुसार हाल जिल्लामा २८३ वटा कबुलियती वन समूह छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले