Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लहानलाई पर्यटकीय नगरका रुपमा विकास गरिने

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २७, लहान। सिरहाको लहान नगरपालिकालाई सफा, सुन्दर, पर्यटकीय नगर र स्मार्ट सिटीका रुपमा विकास गर्ने विभिन्न पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रमुख पदका उम्मेदवारको सामूहिक प्रतिबद्धताका लागि लहान सिटी जेसीजले आज लहानस्थित राममन्दिर अगाडि आयोजना गरेको कार्यक्रममा विभिन्न दलका तर्फबाट प्रमुख पदका उम्मेदवारले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

उम्मेदवारले नगरक्षेत्रभित्र रहेका सडकको स्तरोन्नति गर्ने, पर्यटकीय क्षेत्रको पहिचान गरी संरक्षण संवद्र्धन गर्ने, नगरभित्र रोजगारी सिर्जना गर्नेलगायत प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार अच्छमित चौधरीले सडकको स्तरोन्नति गर्दै सफा, सन्दर र स्वच्छ नगरको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले नगरपालिकाभित्र रहेका मठमन्दिर, पर्यटकीय क्षेत्रको पहिचान गरी त्यसको संरक्षण, संवद्र्धन गर्ने र खेलकुद क्षेत्रको विकासका लागि रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र०का तर्फबाट प्रमुख पदका उम्मेदवार खड्गनारायण चौधरीले सबै वडालाई सफा, सुन्दर बनाउन विशेष योजना सञ्चालन गर्ने, लहान नगरपालिकाको स्रोत, साधनको सदुपयोग गरी नगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राप्रापाका तर्फबाट प्रमुख पदका उम्मेदवार लगनलाल चौधरीले नगरपालिका क्षेत्रभित्र रोजगारी सिर्जना गर्ने, कृषि पेशालाई आधुनिकीकरण गर्दै किसानका खेत खेतमा सिँचाइ पु¥याउनेतर्फ लाग्ने बताउनुभयो । उत्पादन भएको फलफूल बजारसम्म पु¥याएर लहान नगर क्षेत्रलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्ने र प्रत्येक वडामा फलफूल संकलन केन्द्र स्थापना गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका उम्मेदवार वैधनाथप्रसाद साहले लहान नगरपालिकाको स्रोत साधनलाई अधिकतम सदुपयोग गरी स्मार्ट सिटीका रुपमा विकास गर्ने तथा सडक निर्माणसँगै ढल निकासलाई प्राथमिकता दिने बताउनुभयो ।

फोरम लोकतान्त्रिकका उम्मेदवार विनोदकुमार साहले नगरपालिकाको २४वटै वडालाई सफा, सुन्दर बनाउने, प्रत्येक वडामा स्वास्थ्य केन्द्र खोल्ने, लहानमा मेडिकल कलेज स्थापना गर्ने, प्रत्येक वडाका पर्यटक र धार्मिक क्षेत्रको संरक्षण सम्बद्र्धन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राजपाका प्रमुख पदका उम्मेदवार डा महादेव साहले लहान नगरपालिका क्षेत्रमा ‘एक व्यक्ति एक रुखको’ अवधारणलाई विकास गरी ग्रीन सिटीका रुपमा विकास गर्ने, प्रत्येक वडामा एउटा घरेलु साना उद्योगको स्थापना गरिने आफ्नो एजेण्डा रहेको बताउनुभयो ।

नेमकिपाका उम्मेदवार विजयकुमार महतोले लहान नगरक्षेत्रमा शैक्षिक मुद्दालाई अगाडि बढाउँदै उच्च माविसम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र स्वास्थ्य सेवालाई वडा वडासम्म पु¥याउन स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस