2026-09-19 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखराको न्यूरोडमा सुविधासम्पन्न ग्यालेरी

भदौ २९, पोखरा। पोखरा–लेखनाथ महानगरपालिका–८ न्यूरोडमा सुविधासम्पन्न मिड टाउन ग्यालेरी सञ्चालनमा आएको छ । 

उत्तम व्दालगायतका व्यवसायीको रु २८ करोडको लगानीमा निर्माण भएको सो ग्यालेरीमा दुईवटा चलचित्र मन्दिर ‘मिड टाउन सिनेमाज’ सञ्चालनमा आइसकेका छन् । 

ग्यालेरीमा ३० वटाभन्दा बढी ब्राण्डका १४ वटा व्यावसायिक प्रतिष्ठानले ब्राण्डेड सामानको पसल पनि शीघ्र सञ्चालनमा ल्याउने आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष व्दाले बताउनुभयो । 

एप्पलका लागि आधिकारिक विक्रेता इभो स्टोर, ब्राण्डेड लुगाको विक्रेता वोसिनी, कस्मेटिक सामग्रीको वडी सप, कन्भर्स र भान्स जुत्ता कम्पनीलगायतका ब्राण्डेड सामानको शोरुम यस ग्यालेरीमा सञ्चालन हुने छन् । 

स्तरीय रेस्टुरेन्ट, कफी सप, एटिएम लाउन्ज, ब्यूटी सलुनले पनि ग्यालेरीको आकर्षण बन्ने छ । पर्याप्त पार्किङ तथा निःशुल्क वाइफाईको सुविधा उपलब्ध भूकम्प प्रतिरोधी यस भवनमा सुरक्षालाई ध्यानमा राखेर अग्नि नियन्त्रण यन्त्र पनि जडान गरिएको छ । हजुरबुबा जितप्रसाद व्दाले अगाडि बढाएको चलचित्र उद्योगमा व्दा परिवारले निरन्तरता दिँदै आएको छ । व्दा परिवारका यसअघि पनि पाँचवटा चलचित्र हल सञ्चालन भइरहेका छन् । पोखरामा विन्ध्यवासिनी, वाराही ‘क’ र ‘ख’, श्रीकृष्ण हल तथा बुटवलमा कालिका चलचित्र मन्दिर सञ्चालनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह