३१, काठमाडौं । २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पले स्वयम्भू क्षेत्रका संरचनाहरुमा गम्भीर क्षति पुगे पनि त्यसको जीर्णोदार भने निकै सुस्त द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

३१, काठमाडौं । २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पले स्वयम्भू क्षेत्रका संरचनाहरुमा गम्भीर क्षति पुगे पनि त्यसको जीर्णोदार भने निकै सुस्त द"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वयम्भूको जीर्णोद्वार सुस्त

२०७४, ३१ भाद्र शनिबार ०५:५८


३१, काठमाडौं । २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पले स्वयम्भू क्षेत्रका संरचनाहरुमा गम्भीर क्षति पुगे पनि त्यसको जीर्णोदार भने निकै सुस्त देखिएको छ । 

गति सुस्त हुँदा अधिकांश संरचना थप कमजोर हुँदै गएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति अध्यक्ष सर्वज्ञरत्न तुलाधरले त्यस क्षेत्रको जीर्णोद्धारका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको भए पनि विभिन्न कारणले काम अगाडि बढ्न नसकेकामा चिन्ता व्यक्त गरे ।

विभिन्न संघसंस्थाका प्रतिनिधिले आआफ्ना स्वार्थपूर्ण माग राखेर महासमितिलाई कानून विपरीत काम गर्न उक्साउने गरेकामा स्थानीयवासी चिन्तित देखिन्छन् । निःशुल्क पार्किङ क्षेत्रलाई शुल्क लिनका लागि विभिन्न तहबाट महासमितिलाई दबाब आइरहेको बताइएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू चैत्य अहिले संरक्षणको अभावमा जीर्ण छ । चैत्यको गोलाद्र्धका विभिन्न भागमा सामान्य चिरा परेको छ भने त्रयोदश भुवनका चक्का भत्कने स्थितिमा देखिएको छ ।

त्यस क्षेत्रको संरक्षणमा अहिले एउटा समिति छ । जसले चैत्य तथा त्यस वरपर क्षेत्रको व्यवस्थापन तथा मर्मत कार्यमा भूमिका निर्वाह गर्दै आएको छ । स्वयम्भू महाचैत्यदेखि करिब १ किमीको दूरीमा रहेको सानो चैत्यको सामान्य मर्मत तथा जीर्णोद्धार सोही महासमितिले गरिसकेको छ ।

चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । उनका अनुसार महासमितिले विभिन्न माध्यमबाट संकलन गरेको आर्थिक स्रोत खर्च गरी शान्तिपुर मर्मत गरिरहेको छ । पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्धार अघि बढाइएको हो । नयाँ प्रविधिको प्रयोग गरी चैत्यको मर्मतसम्भार पूरा गरिने महासमितिले जनाएको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले ऐतिहासिक महत्वका पुरातात्विक क्षेत्र अबको दुई वर्षभित्र निर्माण गरिने योजना रहेको बताउँदै प्रतापपुर अबको एक वर्षमा सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए ।

स्वयम्भूको अनन्तपुरको पुनःनिर्माणको अधिकांश कार्य सम्पन्न भइसकेको छ । त्यस क्षेत्रको अर्को प्राचीन महत्वको टासी गुम्बा पनि महासमितिले ८० प्रतिशतभन्दा बढी निर्माण गरेको छ ।

स्वयम्भू शब्द संस्कृत भाषामा ‘स्वयम् भवती’ बाट सिर्जना भएको छ । यसको अर्थ हो, आफैँ बन्छ अर्थात् दैवी शक्तिद्वारा निर्मित । स्वयम्भूनाथ चैत्य बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थलका रुपमा आस्था प्रकट गर्ने स्थल हो । हिन्दू धर्मावलम्बीले पनि स्वयम्भूको परिक्रमा गरी शान्तिको अनुभव गर्ने गरेको पाइन्छ ।

उक्त चैत्य उत्पत्तिबारे विभिन्न मानिसका फरक फरक विश्वास पाइन्छ । विपस्सी बुद्धले रोपेको कमल चमत्कारिक रुपमा उज्यालो भई ज्योति दिएको र त्यसबाट बुद्धदेव प्रकट भएको किंवदन्तीसमेत पाइन्छ । उक्त चैत्य उत्पत्ति भएको खबर पाएपछि चीनबाट मञ्जुश्री दर्शनका लागि नेपाल आएको विश्वास छ ।

सोही क्रममा मञ्जुश्रीले काठमाडौँ उपत्यका पानीले जलमग्न भएको देखेपछि दैवी शक्तिको प्रयोगबाट चोभारको गल्छीमा खड्गले काटेर निकास दिएपछि यहाँ बस्ती बसालेको केहीको विश्वास छ । महाचैत्य आसपास क्षेत्रमा भत्किएका सम्पदा तथा पुजारीका अधिकांश घर निर्माण हुने क्रममा रहेको कोषाध्यक्ष पुण्यसागर लामाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि