2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुराका ग्रामीण सडक सञ्चालन

असोज २, डडेल्धुरा। वर्षात्का कारण अवरुद्ध भएका डडेल्धुराका ग्रामीण सडक सञ्चालन भएका छन् । वर्षात्को समयमा बिग्रिएको सडक मर्मतका साथै पहिरो हटाएपछि करिब डेढ दर्जन ग्रामीण सडक सञ्चलन भएका हुन् । 

बगरकोट शिराड, ढिमौला भद्रपुर, ढिमौला चिपुर, उग्रतारा मेलौली, अनार खोली देवललगायत डेढ दर्जन ग्रामीण सडक खुलेसँगै यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् । वर्षात्को समयमा पहिरोका साथै सडक भत्किँदा जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका थिए । सडक खुलेसँगै जिल्लाका सम्पूर्ण ग्रामीण सडक यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् । 

दशैँ तिहार नजिकिएसँगै यातायातका साधन सञ्चालनमा आउँदा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज हुनाका साथै स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । सडक सञ्चालन भएसँगै यातायात सञ्चालनमा सहज भएको जिल्लास्थित यातायात व्यवसायीले बताएका छन् ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई