महाकाली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महाकाली"/>

2026-09-19 06:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महाकाली नगरपालिकाको बजेट ४४ करोड

लोकेन्द्र प्रशाद जोशी/असोज २, दार्चुला । चालु आर्थिक वर्ष २०७४ का लागि दार्चुलाको महाकाली नगरपालिकाले करीब ४४ करोड बराबरको बजेट पारित गरेको छ । 

महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टको अध्यक्षतामा बसेको नगर सभामा उप प्रमुख सुना बोहराले ५२ वटा शीर्षकमा ४३ करोड ७१ लाख १९ हजार बजेट विनियोजन गर्नुभएको हो । उक्त नगरपालिकालाई सरकारले २९ करोड ३५ लाख २७ हजार अनुदान दिएको छ ।

प्रत्येक वर्ष एक वडामा ३ वटा काठे पुलको बिस्थापन गरी झोलुङ्गे तथा पक्की पुल बनाइने नगरसभाले निर्णय गरेको छ । नगर क्षेत्रमा बन्ने व्यक्ति तथा सामुदायिक भवन लगायतका संरचनाको अनिवार्य नक्सा पास गर्ने तर यो निर्णय लागु हुनुभन्दा पूर्व निर्माण भएका संरचनाको हकमा चालु आर्थिक वर्ष्भित्रमा नक्सा पास गर्न आएमा १० प्रतिशत छुट दिइने नगर सभाले निर्णय गरेको छ ।

महाकाली नगरपालिकाभित्र पर्ने सम्पूर्ण वडाहरुमा सडक बिस्तार गर्ने गरी नगरपालिकाले चालु आर्थिक वर्षको नीति र कार्यक्रम सार्वजानिक गरेको छ । नगरपालिकाका सबै बस्तीमा सडक सञ्जाल जोड्न नगरयातायात गुरुयोजना निमार्णका लागि चालु आर्थिक वर्षमा ५ लाख विनियोजित गरिएको छ ।

शिक्षाको विकासका लागि माध्यमिक तह सम्मका विद्यालय सञ्चालनमा थप प्रभावकारी बनाउन जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा आवश्यक पूर्वाधार निर्माण गरी निजी स्रोतबाट चलेका विद्यालयमा शिक्षकको व्यवस्था गरी शैक्षिक गुणस्तरमा सुधार ल्याउने नीति अवलम्बन गरिएको छ ।

चालु आवदेखि कर्षक पेन्सन कोष स्थापनाका लागि २ लाख विनियोजीत गरिएको छ भने रेडियोहरुको व्यवस्थापन र सञ्चालनका लागि एफएम रेडियो कार्य्विधि २०७४ पारित गरिने पनि नगर सभाले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई