2026-09-19 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा परम्परागत सीप व्यवसायको प्रवद्र्धनका लागि डेढ करोड

असोज ८, म्याग्दी। म्याग्दीमा परम्परागत सीपमा आधारित व्यवसाय प्रवद्र्धनका लागि रु डेढ करोड परिचालन भएको छ । 

गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी)द्वारा सञ्चालित नेपालमा द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनामार्फत उक्त रकम परिचालन भएको हो । 

हराउँदै गएको परम्परागत सीपको संरक्षण, परिमार्जन गरी बजारमा प्रतिस्पर्धीयोग्य वस्तु उत्पादन र आयआर्जन वृद्धिका लागि परियोजनाले घुम्ती कोषमार्फत रु एक करोड ६८ लाख परिचालन गरेको डिसिआरडिसीका कार्यक्रम संयोजक रमेश पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार म्याग्दी जिल्लाभर गठन भएका ५१ वटा उत्पादन समूहमा आबद्ध ९७५ घरधुरीलाई उक्त रकम सहुलियत ब्याजदरमा घुम्ती कोषका रुपमा परिचालन गरिएको हो । 

आरन, नेपाली कागज, अल्लो कपडा निर्माण, बाँसको मुढा निर्माण, स्विटर, गलबन्दी र ढाका बुनाइसम्बन्धी व्यवसाय गर्दै आएका उद्यमीहरुलाई समेटेर उत्पादन समूह गठन गरिएको छ । व्यवसाय विस्तार, औजार, कच्चा पदार्थ खरिदका लागि घुम्ती कोषबाट ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । 

अन्नपूर्ण गाउँपालिका–८ नांगीको हिमाञ्चल हाते कागज तथा हस्तकला उत्पादन समूहकी अध्यक्ष कुमारी चोचाङ्गीले गरिबी निवारण कोषबाट प्राप्त अनुदान विपन्न सदस्यलाई लगानी गरेको बताउनुभयो । कोषले पहिलो किस्ताबापत रु एक लाख ८२ हजार ६०० अनुदान उपलब्ध गराएको छ । 

उक्त समूहमा आबद्ध १८ जना महिलाले नेपाली कागजको डायरी, फाइल, सपिङ ब्याग, ल्याम्पसेट, चिठीको खाम, नेकलेस, औँठी, झुम्का, टिस्यु बक्स आदि सामग्री उत्पादन गर्दै आएका छन् । नेपाली कागजबाट भन्दा सोबाट अन्य सामग्री बनाएर बिक्री गर्दा बढी आम्दानी गर्न सकिने अध्यक्ष चोचाङ्गीले बताउनुभयो । 

कोषले उत्पादन समूहका सदस्यहरुलाई परम्परागत सीपमा आधारित व्यवसायलाई व्यावसायिक र आधुनिक बनाउनेसम्बन्धी तालीमका साथै उत्पादित सामग्री बजारीकरणका लागि प्रदर्शनीको व्यवस्था मिलाउने गरेको कार्यक्रम संयोजक पौडेलले बताउनुभयो ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई