2026-07-24 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हचुवाको भरमा स्थानिय तहलाई सुगम घोषणाका गरेको भन्दै बझाङबासी आक्रोसित

सम्राट सिंह | असोज २७, बझाङ | विकासका पूर्वाधारहरु नपुगेको स्थानीय तहलाई सुगम घोषणाका लागी संसदमा सिफारिस गरिएको भन्दै बझाङबासी आक्रोसित भएका छन । विकासका पुर्वाधारको न्यूनतम मापन नै नगरी हचुवाका भरमा बझाङका संसदले गरेको निर्णयप्रति बझाङबासी आक्रोसित भएका हुन् ।

जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, तल्कोट गाउँपालिका, र छविस पाथीभरा गाउँपालिका गरी ६ वटा स्थानीय तहलाई सुगम घोषणाका लागी संसदमा सिफारिस गरिएको जनाएको छ । जिल्लामा रहेका १२ वटा स्थानिय तहमध्य ६ वटा स्थानिय तहलाई सुगमका लागि सिफारिस गरेको थियो ।

खानेपानी, सिचाई, विजुली, स्वास्थ्य, शिक्षा, इन्टरनेट, यातायात लगायतका पुर्वाधारहरुको अभाव भएका नगरपालिका तथा गाउँपालिकालाई संसदले विकासका पुर्वाधारहरुको परिपुर्ति नै नगरि सुगम घोषणाको लागी सिफारिस गरेको जयपृथ्वी नगरपालिका ७ का स्थानीय दिपक जोशीले बताए । यसरी हचुवाको भरमा दुर्गमलाई सुगम घोषणा गरिँदा विभिन्न आयोगमा दुर्गम कोटाबाट पाउने प्राथमिकताबाट समेत बझाङका बासिन्दा बञ्चित हुने उनको भनाइ छ । 

मानव विकासको सुचाङ्ककमा ७२ औ जिल्लामा पर्नेे बझाङका अधिकांश स्थानीय तहमा हालसम्म पनि पर्याप्त सेवा सुविधा छैन् । इन्टरनेट, विद्युत, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक संजाल लगाएतका पुर्वाधारहरु अझै पनि विकास हुन सकेको छैन् । यसरी सरकारले  विकासका पूर्वाधारहरु नै नपुगी सुगम घोषणा गरे कडा आन्दोलन गर्ने बझाङबासीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक