2026-10-29 08:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीको तेस्रोमा डोल्पा जिल्ला खुल्ला दिशामुक्त घोषणा हुने

टेक शाही | असोज २९, डोल्पा | कर्णालीकै तेस्रोमा डोल्पा जिल्ला कार्तिक ९ गते खुल्ला दिशामूक्त जिल्ला घोषणा हुने भएको छ । आइतबार बसेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको पूर्ण बैठकले जिल्लालाइ दिशामुक्त घोषणा गर्ने निर्ण गरेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष शेर बहादुर बुढाले जानकारि दिए । 

आइतबार बसेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको पूर्ण बैठकले जिल्लालाइ दिशामुक्त घोषणा गर्ने निर्ण गरेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष शेर बहादुर बुढाले जानकारि दिए । 

कुल साबिकका २३ वटा गाविस रहेको डोल्पा जिल्लामा २०७३ साल मँसिर २५ गते साबिकको छार्का गाविसलाइ जिल्लाकै अन्तिम खुल्ला दिशामूक्त गाविसको रुपमा घोषणा गरेको डोल्पा सर्वागिन बिकास समाजका जिल्ला सँयोजक योगेन्द्र बुढाले बताए । उनका अनुसार सबै स्थानिय तहहरु घोषणा भइ सकेको र अब जिल्ला गर्नको लागि कुनै कठिनाइ नभएको बताए । 

पूर्ण सरसफाइका सबै क्रियाकलापहरु निरन्तर हुने र जिल्ला खुल्लादिशामूक्त घोषणाको लागि बिभिन्न क्रियाकलापहरु भइ रहेकाले पनि अब जिल्लालाइ घोषणा गर्न सकिने जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य सचिव उमेश झाले जानकारि दिए । उनले भने जिल्ला खुल्ला दिशामूक्त घोषणाको लागि सबै सुचकहरु पूरा भै सकेका छन त्यसमा कसैले पनि शँका नर्गन अनुरोध गरे । 

मँसिर १० मा हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि असर नपर्ने गरि डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त जिल्ला घोषणामा लाग्न डिवाससिसिका सल्लाह्कार प्रमूख जिल्ला अधिकारिले सुझाब दिए । उनले भने सम्पूर्ण तयारि गर्नुुस र जिल्लाको कार्यक्रम फरक एवम भब्य रुपमा गर्नु पर्ने बताए । 

जिल्लालाइ खुल्ला दिशामूक्त घोषणा गर्द केन्द्र र क्षेत्रबाट पाहुना आउने भएकोले बिशेस ब्वस्था गर्नू पर्ने हुदा खर्चमा बिशेष हेरफेर गर्न लागिएको नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखाका डोल्पाका सँयोजक टेकम ओलीले जानकारि दिए । उनका अनुृसार जिल्लाको कार्यक्रममा प्रमूख पाहुनाको रुपमा आउने पाहुनाले शे फोक्सुण्डो तालको अबलोकन पनि गर्न सक्ने भएकोले बिशेष तरिकाले हेरिएको बताए । 

कार्तिक ९ गते डोल्पा जिल्ला खुल्ला दिशामुक्त घोषणा भएमा कर्णालीको तेस्रो र देश भरिमा ४२ औँ जिल्लाको रुपमा पर्ने भएको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले जानकारि दिएको छ । यस भन्दा पहिले बिभिन्न समयमा घोषणाको मिति तोक्नको लागि छलफल भए पनि बिभिन्न कारणले मिति तय हुन नसकेको डिवाससिसिका सदस्य सचिव उमेश झाले बताए । 

डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त घोषणा सभा गर्नको लागि अनुमानित २५ देखि ३० लाख बराबर खर्च हुने अनुमान गरेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समिति डोल्पाले जानकारि दिएको छ । जिल्लालाइ खुल्ला दिशामूक्त घोषणा कार्यक्रमका लागि सरकारका उच्चपदस्थ ब्यक्तिहरुलाइ प्रमूख पाहुनाको रुपमा आमन्त्रण गर्ने जानकारि जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले दिएको छ । 

ढिलै भए पनि डोल्पा जस्तो भौगोलिक कठिनाइ भएको जिल्ला खुल्ला दिशामूक्त हुने भए पछि सरसफाइमा डोल्पाले पनि केहि फड्को मारेको अनुभुति भएको भन्दै नागरिहरुले स्वागत योग्य कार्य भएको बताएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम