2026-09-03 06:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीको तेस्रोमा डोल्पा जिल्ला खुल्ला दिशामुक्त घोषणा हुने

टेक शाही | असोज २९, डोल्पा | कर्णालीकै तेस्रोमा डोल्पा जिल्ला कार्तिक ९ गते खुल्ला दिशामूक्त जिल्ला घोषणा हुने भएको छ । आइतबार बसेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको पूर्ण बैठकले जिल्लालाइ दिशामुक्त घोषणा गर्ने निर्ण गरेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष शेर बहादुर बुढाले जानकारि दिए । 

आइतबार बसेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको पूर्ण बैठकले जिल्लालाइ दिशामुक्त घोषणा गर्ने निर्ण गरेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष शेर बहादुर बुढाले जानकारि दिए । 

कुल साबिकका २३ वटा गाविस रहेको डोल्पा जिल्लामा २०७३ साल मँसिर २५ गते साबिकको छार्का गाविसलाइ जिल्लाकै अन्तिम खुल्ला दिशामूक्त गाविसको रुपमा घोषणा गरेको डोल्पा सर्वागिन बिकास समाजका जिल्ला सँयोजक योगेन्द्र बुढाले बताए । उनका अनुसार सबै स्थानिय तहहरु घोषणा भइ सकेको र अब जिल्ला गर्नको लागि कुनै कठिनाइ नभएको बताए । 

पूर्ण सरसफाइका सबै क्रियाकलापहरु निरन्तर हुने र जिल्ला खुल्लादिशामूक्त घोषणाको लागि बिभिन्न क्रियाकलापहरु भइ रहेकाले पनि अब जिल्लालाइ घोषणा गर्न सकिने जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य सचिव उमेश झाले जानकारि दिए । उनले भने जिल्ला खुल्ला दिशामूक्त घोषणाको लागि सबै सुचकहरु पूरा भै सकेका छन त्यसमा कसैले पनि शँका नर्गन अनुरोध गरे । 

मँसिर १० मा हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि असर नपर्ने गरि डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त जिल्ला घोषणामा लाग्न डिवाससिसिका सल्लाह्कार प्रमूख जिल्ला अधिकारिले सुझाब दिए । उनले भने सम्पूर्ण तयारि गर्नुुस र जिल्लाको कार्यक्रम फरक एवम भब्य रुपमा गर्नु पर्ने बताए । 

जिल्लालाइ खुल्ला दिशामूक्त घोषणा गर्द केन्द्र र क्षेत्रबाट पाहुना आउने भएकोले बिशेस ब्वस्था गर्नू पर्ने हुदा खर्चमा बिशेष हेरफेर गर्न लागिएको नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखाका डोल्पाका सँयोजक टेकम ओलीले जानकारि दिए । उनका अनुृसार जिल्लाको कार्यक्रममा प्रमूख पाहुनाको रुपमा आउने पाहुनाले शे फोक्सुण्डो तालको अबलोकन पनि गर्न सक्ने भएकोले बिशेष तरिकाले हेरिएको बताए । 

कार्तिक ९ गते डोल्पा जिल्ला खुल्ला दिशामुक्त घोषणा भएमा कर्णालीको तेस्रो र देश भरिमा ४२ औँ जिल्लाको रुपमा पर्ने भएको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले जानकारि दिएको छ । यस भन्दा पहिले बिभिन्न समयमा घोषणाको मिति तोक्नको लागि छलफल भए पनि बिभिन्न कारणले मिति तय हुन नसकेको डिवाससिसिका सदस्य सचिव उमेश झाले बताए । 

डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त घोषणा सभा गर्नको लागि अनुमानित २५ देखि ३० लाख बराबर खर्च हुने अनुमान गरेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समिति डोल्पाले जानकारि दिएको छ । जिल्लालाइ खुल्ला दिशामूक्त घोषणा कार्यक्रमका लागि सरकारका उच्चपदस्थ ब्यक्तिहरुलाइ प्रमूख पाहुनाको रुपमा आमन्त्रण गर्ने जानकारि जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले दिएको छ । 

ढिलै भए पनि डोल्पा जस्तो भौगोलिक कठिनाइ भएको जिल्ला खुल्ला दिशामूक्त हुने भए पछि सरसफाइमा डोल्पाले पनि केहि फड्को मारेको अनुभुति भएको भन्दै नागरिहरुले स्वागत योग्य कार्य भएको बताएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही