२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा आठ वर्षसम्म पनि स्वास्थ्य चौकी भवन बनेन

२०७४, १५ मंसिर शुक्रबार ०३:५३

मङ्सिर १५, बाजुरा । बाजुराको छेडेदह गाउँपालिका–१ मा रहेको काँडा स्वास्थ्य चौकीका भवन निर्माणको सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्य पुरा नहँुदा बिरामीको उपचारमा समस्या भएको छ । 

समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि उपचार गर्ने र सामानहरु राख्ने ठाउँको अभाव भएको छ । विसं २०६८ मा निर्माण शुरु गरिएको भवन छ वर्ष लागिसक्दा पनि सम्पन्न नभएको उक्त स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले बताउनुभएको छ । 

दीपायलस्थित भवन तथा सहकारी डिभिजिन कार्यालयको आर्थिक सहयोगमा रू एक करोडभन्दा बढी लगानीमा स्वास्थ्य चौकी निर्माणका लागि सम्झौता गरिएको थियो । डडेल्धुरा जिल्लाको प्रसुराम नगरपालिका प्रमुखमा निर्वाचित भीमबहादुर साउँदको नाममा रहेको राजेन्द्र निर्माण सेवाले निर्माणको जिम्मा लिएको तर समयमै भवन निर्माण नगर्दा बिरामीको उपचार सेवा र सुत्केरीलाई खुला चौरमा प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको अहेव यादवले बताउनुभयो । 

भवन निर्माण गर्ने मजदुरले ज्याला पनि पाएको छैन, ठेकेदार पनि सम्पर्कमा नआएपछि स्वास्थ्य व्यवस्थापन समितिले यसबारे पटक पटक सम्बन्धित निकायमा खबर गर्दा पनि कसैले वास्ता नगरेको छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले राससलाई जानकारी दिनुभयो । 

यस्तै सोही गाउँपालिकाको डोगडी स्वास्थ्य चौकी भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवाले एक करोड १५ लाखको लागतमा १५ महिनासम्म भवन निर्माण गरिसक्ने सम्झौता गरेकामा चासो नदेखाएपछि पत्रपत्रिकामार्फत ठेकेदारका नाममा सूचनासमेत निकालेको दिपायल क्षेत्रीय स्वास्थय निर्देशनालयको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी