2026-10-31 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र

मंसिर १८, कालिकोट । कालिकोटमा निर्माणाधीन दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र परेका छन् । 

रकम अभावले आयोजना अलपत्र परेका हुन् । जिल्लाका उच्छव खोला, हाउडिगाड, बालीगाड, घट्टेगाड, थिर्पुगाड, मालकोट लघुजलविद्युत् आयोजना निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् ।

यसैगरी केही समय सञ्चालन भएर मर्मत संम्भारको अभावमा बन्द भएका लघु जलविद्युतमा घट्टेखोला, लाफागाउँ, औंलाखोला, बच्चुगाड, भर्तागाड, बालीगाड, नाग्मगाड छन् । सान्नीगाड र भ्याकुने लघुजलविद्युत् मात्रै सञ्चालनमा छन् ।

करिब २० मेगावाट विद्युत् उत्पादन हुने लघुजलविद्युत् आयोजनाहरू रकम अभाव, स्थानीयको विवाद र मर्मत संम्भारको अभावलगायतका कारणले अलपत्र भएका हुन् । अलपत्र परेकामा तिलागुफा नगरपालिका–१ फाइमहादेवको नाग्मगाडस्थित ५७ किलोवाट, नरहरीनाथ गाउँपालिका–७ माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला आयोजना छन् ।

यसैगरी ३० किलोवाट क्षमताको तिलागुफा नगरापलिका –७ छाप्रेको वालिगाड खोला आयोजना, ३ किलोवाट क्षमता भएको तिलागुफा नगरपालिका –१० चिल्खायाको घट्टेखोला आयोजना चाहिँ विद्युत् उत्पादन भएर पनि समयमा मर्मत संम्भारको अभावमा बन्द भएका हुन् । यस्तै, ३० र ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडिगाड, नरहरीनाथ गाउँपालिकाको माल्कोट माइक्रो हाइड्रो र तिलागुफा नगरपालिकाको वालिगाड खोला लघुजलविद्युत् आयोजनालगायत दर्जनौ आयोजना रकम अभावले अलपत्र छन् ।

यस्तै, १८ किलोवाट क्षमताको घट्टेगाड, २० किलोवाट क्षमताको थिर्पुगाड र १५ किलोवाट क्षमताको साना माइक्रो हाइड्रो पनि रकम अभावले अलपत्र छन् ।यी लघुजलविद्युत् आयोजनाका काम अगाडि बढेको भए पनि रकम अभावले काम सुरु हुन नसकेको नेपाली कांग्रेसका उपसभापति शंकर न्यौपानेले बताए । ‘गाउँमा उज्यालो बनाउने सबैको चाहना थियो’ उनले भने,‘रकम अभावका कारणले सबै आयोजनाहरु अलपत्र परेका छन् ।’

दर्जनौं  लघुजलविद्युत् आयोजना भए पनि कयौं मर्मत सम्भार, निर्माणको लागि रकम अभावलगायतका कारणले बन्द भएको जिल्ला संमन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए । ‘विभिन्न कारणले निर्माण रोकिएका लघुजलविद्युत् बनाउन पहल गरिरहेका छ’ उनले भने,‘विद्युत आयोजना बाल्न सकिने ठाउँमा काम गर्न निर्देशन दिइएको छ ।’सदरमुकामलगायतका केही गाउँमा विद्युत् सेवा दिँदै आएका ५७० किलोवाट क्षमताका दुई लघुजलविद्युत् मात्रै सञ्चालनमा छन् । 

त्यस्तै, ७० किलोवाटको लाफागाउँ लघुजलविद्युत् आयोजना पचालझरना गाउँपालिका राप्नाकोट, ५० किलोवाट क्षमता भएको कालिका गाउँपालिकाको भर्तागाड लघुजलविद्युत् आयोजना भर्ता, १०० किलोवाट क्षमता भएको तिलागुफा नगरपालिकाको बच्चुगाड लघुजलविद्युत् आयोजना चिल्खाया, ७० किलोवाट क्षमता भएको पलाताँ गाउँपालिकाको औलाखोला लघुजलविद्युत आयोजना खिन, कालिका गाउँपालिकाको ५२ किलोवाट क्षमता भएको बालीगाड लघुजलविद्युत आयोजना सुकाटिया निर्माणको काम थालिएको भए पनि रकम अभावले निर्माण कार्य ढिलाइ भएको कर्णाली विकास आयोगका सदस्य कृष्णप्रसाद आचार्यले बताए । ‘कयौं आयोजनाको निर्माण कार्य थालिएको छ’ उनले भने, ‘रकम अभावले ती आयोजना बन्न सकेनन् । बाल्नका पहल थालिएको छ ।’

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने गरेको भएपनि केन्द्रले ३० देखि ४० प्रतिशत रकम अनुदानको रूपमा उपलब्ध गराए पनि आयोजना सम्पन्न गर्न कठिनाइ देखिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । 

‘स्थानीयको १० प्रतिशत जनश्रम र बाँकी ५० प्रतिशत नगद लगानी गर्नुपर्ने अव्यवहारिक नीतिका कारणले पनि जलविद्युत आयोजना अलपत्र पर्ने गरेका छन्’ उनले भने,‘लघुजलविद्युत् उत्पादन ऊर्जा मन्त्रालय मातहत नहुनुले पनि समस्या देखिन्छ ।’

एक किलोवाट विद्युत् उत्पादन गर्न स्थानीयले ६० प्रतिशत लगानी गर्नुपर्ने नीति नै लघुजलविद्युतको मुख्य चुनौती हो । उता नेपाल विद्युत् प्राधिकरण मातहतमा सामुदायिक विद्युतीकरणमा ९० प्रतिशत अनुदान र १० प्रतिशतमात्रै उपभोक्ताले लगानी गर्नुपर्ने नियम छ ।

प्राधिकरणबाट ९० प्रतिशत अनुदान पाइने तर लघुजलविद्युतका लागि चाहिँ ६० प्रतिशत उपभोक्ताले व्यहोर्नु पर्ने नियम व्यवहारिक नभएको कालिकोटका उर्जा क्षेत्रमा कार्यरत हुरन्डेक नेपालका उपाध्यक्ष वीरेन्द्रबहादुर बुढाले बताए ।

‘मर्मत सम्भार, कोष व्यवस्थापनका लागि पनि विद्युत् प्राधिकरणको नियममा भन्दा सामान्य विद्युत् खपतमा पनि बढी शुल्क उठाउनु पर्दा लघुजलविद्युत् नै चुनौतीपूर्ण देखिएको छ’ उनले भने,‘उपभोक्ताले लघुजलविद्युतको कुलो भत्किए पनि मर्मत गर्न सक्ने क्षमता छैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय