2026-09-19 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र

मङ्सिर २६, बेनी, म्याग्दी (रासस) |  सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभिए सवस्टेसन र म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने प्रसारण लाइन निर्माणको काम अघि बढाएपछि जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्ररुपमा अघि बढेको छ । 

कालीगण्डकी करिडोर क्षेत्रमा निर्माण हुने जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडन सरकारले सवस्टेशन र प्रसारण लाइनको काम अघि बढाएको हो । 

दाना र खुर्कोटमा जग्गा प्राप्तिको विवादले निर्माण प्रक्रिया दुई वर्ष लम्बिएको थियो । सोही कारणले ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाले १३ महिना लगाएर निर्माण कार्य गर्न सकेको थियो भने पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाको निर्माण पनि निकै सुस्त थियो । 

विसं २०७३ को जेठ महिनादेखि दानामा सवस्टेसन निर्माणको काम अघि बढेपछि र प्रसारण लाइनअन्तर्गत खुर्कोटमा निर्माण हुने सवस्टेसनको जग्गा विवाद पनि २०७३ भदौमा टुंगिएपछि अहिले सवस्टेसन र प्रसारण लाइन दुवै कामले गति लिएको छ । घलेम्दी हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले दाना सवस्टेसनको विवाद ढिला टु्ङ्गिँदा यसको प्रभाव जलविद्युत् आयोजनामा परेको बताउनुभयो । 

मिस्त्रीका आवासीय इन्जिनियर दिवाकर खड्काले पनि अबको २० महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको र सो अवधिभित्र सवस्टेसन र प्रसारण लाइन पनि सम्पन्न हुने आशा गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई