२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलोपटक डोल्पा जिल्लाको गूरुयोजना जिल्ला परिषदबाट पारित हुँदै

२०७४, ३ पुष सोमबार १२:३७

टेक शाही/पुस ३, डोल्पा । देश संघियामा गए संगै डोल्पा जिल्लाको गूरुयोजना पहिलो पटक जिल्ला परिषदबाट पारित हुने भएको छ । नेपाल बुद्धिजीवि परिषद डोल्पाले ४२ दिन लगायर बनाएको डोल्पा जिल्लाको गूरुयोजना जिल्ला परिषदबाट पारित हुने भएको नेपाल बुद्धिजीवि परिषद डोल्पाका अध्यक्ष आङ बहादुर लामाले जानकारि दिए ।


जिल्ला समन्वय समितिका प्रमूख शेर बहादुर बुढाले ४२ दिनमा तयार पारिएको जिल्लाको गूरुयोजनाको दृष्यवलोकन गरे पछि अब आउने जिल्ला परिषदबाट पारित गरिने जिल्ला समन्य समिति डोल्पाका प्रमुख शेर बहादुर बुढाले बताए । उनका अनुसार अब जिल्लामा रहेका सबै स्थानीयतहहरुले जिल्ला परिषदबाट पारित भएको गूरुयोजनामा टेकेर मात्र जिल्लाको बिकास गर्नु पर्ने बताए । बुढाले भने अब हरेक स्थानीय तहले आफना हरेक क्रियाकलापहरु गर्दा गूरुयोजना अनुसार गर्नु पर्ने र यसरि हरेक क्रियाकलाप गरे पांच बर्षमा जिल्लाले बिकासमा फड्को मार्ने दावी गरे । 

नेपाल बुद्धिजीवि परिषद डोल्पाको १५ जनाको टिमले करिव ४२ दिनमा तयार पारेको जिल्लाको गूरुयोजनामा आर्थिक बिकास,भौतिक पूर्वाधार बिकास,औधोगिक बिकास,(पर्यटन,कृषि,पसुपालन,जडीबुटि,बनपैदावर र वातावरण) शहरी तथा वस्ति बिकास,सांस्कृतिक बिकास,सामाजिक बिकास,(शिक्षा,स्वास्थय,महिला तथा वाललिका,लक्षि वर्ग खानेपानी तथा सरसफाइ र खेलकुद) संस्थागत बिकास,नितीनियम कानुन र शुसान,भाष साहीत्य र कला गरि मुख्य ९ वटा शिर्षका निर्माण गरिएको निर्माण समूहका सुरेन्द्र ढकालले जानकारि दिए । 


यसरि बनाइएको गूरुयोजनामा स्थानीयतहको सरकार,प्रदेश सरकार,केन्द्रीय सरकार र दातृ निकायले समेत सहजै लगानि गरि जिल्लाको बिकास हुने जिल्ला संयोजक शेर बहादुर बुढाले बताए । उनले भने हरेक नागरिकले पाच वर्षमा बिकास भएको महसुस गर्ने पनि दावी गरे ।

नेपाल बुद्धिजीवि परिषदको टिमले बनाएको उक्त जिल्ला गूरुयोजना एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिलाइ हस्तानतरण गरिने नेपाल बुद्धिजीवि परिषदले जानकारि दिएको छ । जिल्ला समन्वयले जिम्मेवारि लिए पछि जिल्लाका सबै जनप्रतिनिधि र बिषयगत कार्यालयका प्रमूख बसेर अन्तिमरुप दिने र आगामि जिल्ला परिषदबाट पारित गर्ने समन्वय समितिका प्रमुख शेर बहादुर बुढाले बताए । उनका अनुसार जिल्ला परिषदबाट पारित गरेर किताव छपाइ हरेक वडामा र जनप्रतिनिधिहरुलाइ हस्तानतरण गरिने बताए । उनले भने जिल्लाको लागि अति मह्त्वपूर्ण जिम्मेवार कामको थालनि गरेकोमा नेपाल बुद्धिजीवी परिषद डोल्पाका सबै सदस्यहरु धन्यबादका पात्र भएको बताए ।

हाल सम्म पनि राष्ट्रिय राजमार्गले नछोएको जिल्ला डोल्पामा यस गूरुयोजनाले बिकासमा अतुलनिय भुमिका खेल्ने नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य हंश बहादुर शाहीले बताए । उनले भने ठुलाठुला योजनाहरु प्रदेश,केन्द्र र दातृ निकायले सहयोग गर्ने आन्तरिक तथा साना योजनाहरु स्थानीय सरकारले गर्ने भएकोले यत्रतत्र रुपमा बजेट बिनियोजीत नभइ एकिकृत रुपमा बिकास हुने बताए । 


डोल्पा जिल्लामा २ नगरपालिका र ६ गांउपालिका गरि ८ वटा स्थानीयतह रहेका छन । करिव ४० हजार जनसख्या रहेको यस जिल्लामा ६५ वडा छन भने भौगोलिक बिकटता भने अत्याधिक मात्र रहेको छ । बिकास सुस्त गतीमा हुनुको प्रमुख कारण भनेको नै जिल्लाको भौगोलिक बिटता रहेको जिल्लाका अगुवाहरु बताउछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक