2026-07-25 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक विस्तार युद्धस्तरमा

पुस १५, नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र बनाइएको छ । 

काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न यही पुस १ गतेदेखि दैनिक आठ घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाएर काममा दिइएको तीव्रताले पछिल्लो समय प्रगति उत्साहजनक रहेको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो । 

विसं २०७३ पुस १ देखि शुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम २१ महिनामा पूरा गर्नुपर्ने भए पनि निराशाजनक भएपछि लक्ष्य पूरा गर्न यातायात सञ्चालन बन्द गरी युद्धस्तरमा तीव्रता दिई तोकिएको समयमा पूरा गर्न सक्षम रहेको योजना प्रमुख देवकोटाको भनाइ छ । 

“सडक निर्माणको काम ढिलाइ हुनुका कारण खोजेर त्यसको समाधानका लागि प्रयास भइरहेकाले काममा तीव्रता र उत्पन्न समस्या समाधान पनि सँगसँगै अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “सडक विस्तारका लागि घर, टहरा र जग्गाको मुआब्जा वितरण, सामुदायिक वन क्षेत्रमा सडक विस्तारका लागि अनुमति र विद्युतीय खम्बा स्थानान्तरणको समस्या समाधानको प्रयास भइरहेको छ ।” 

सडक विस्तारको काम सम्झौता अवधिभन्दा छ महिना थप गरी २७ महिना पु¥याइएको छ । उहाँले भन्नुभयो, “पहिलो पटक थप भएअनुसार विसं २०७५ फागुन ५ मा आयोजना पूरा गर्नुपर्ने नयाँ समयसीमामा काम सम्पन्न हुन्छ ।” पृथ्वीराजमार्गस्थित धादिङको गल्छीबाट शुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडक ८२ किमी लम्बाइको हुने छ । सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किमी सडक (गल्छी–त्रिशूली–मैलुङ)को काम सम्झौता भएर काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र रहेको प्रगति निराशाजनक भएकाले सुधार गर्न कामलाई तीव्र बनाउन ठेकेदार पक्ष कोभेक, टुण्डी र रसुवा कन्स्ट्रक्सन पक्षसमेतले प्रतिबद्धता जनाएका छन् । 

सडक निर्माणको शुरुआती समयको प्रगति निराशाजनक भए पनि पछिल्लो समय युद्धस्तरमा कामलाई तीव्र बनाइएकाले सडक विस्तारमा उत्पन्न समस्या सरकारी पक्षले समाधान गरेमा योजना पूरा गर्न सक्षम रहेको ठेकेदार पक्षका इ गौरीशंकर महतोले दाबी गर्नुभयो । 

गल्छीबाट शुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भए पनि धादिङको गल्छी बजार र नुवाकोटको गँगटेदेखि ढुंगे बजारसम्म चार लेन बनाउन लागिएको छ । दुई लेन सडकमा ११ मि कालोपत्र हुने र सडकको केन्द्रदेखि दायाँबायाँ १५÷१५ मि जग्गा अतिक्रमण गरिने आयोजना पक्षले जनाएको छ । 

नेपाली सेना, ठेकेदार पक्ष र चीन सरकारमार्फत तीन खण्डमा काम भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक ठेक्का पाएका तीन कम्पनीमध्ये टुण्डी निर्माण कन्स्ट्रक्सनले गर्दै आएको छ । 

रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म १८ किमी सडक नेपाली सेना र बाँकी स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारले निर्माण जारी राखेका छन् । 

रु नौ अर्ब ५० करोड लगानीमा निर्माण गर्न लागिएको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले रु तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किमी सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो । 

चीनबाट नेपाल हुँदै भारत जोड्ने सबैभन्दा व्यवस्थित र छोटो दूरीको अन्तर्राष्ट्रिय सडक मार्गसमेत भएकाले रसुवा, नुवाकोट र धादिङसहित सिंगो मुलुकको आर्थिक विकासका लागि यो सडकलाई सामरिक महत्वका रुपमा समेत हेरिएको छ । रामहरि न्यौपाने/रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक