2026-09-07 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रथुममा यस वर्ष सुन्तला उत्पादनमा कमी

पुस १५, तेह्रथुम ।   यस वर्ष तेह्रथुममा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ । 

गत वर्षको जस्तो सुन्तला नफलेको किसानले बताएका छन् । गत वर्ष राम्रो उत्पादन दिएका बगानमै पनि यसपालि पातलो मात्रै सुन्तला फलेको छ । फुल्ने र फल लाग्ने सिजनमा असिना, पानी र रोगको संक्रमणका कारण यस वर्ष सुन्तला नफलेको किसानले बताए । 

यस वर्ष गत वर्षभन्दा कम मात्रै सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक भुवनसिंह बुढाथोकीले बताउनुभयो । “यसपालि सुन्तला खासै फलेनँ, किसान खेतीप्रतिनै निराश देखिएका छन्” उहाँले भन्नुभयोे । फूल खेल्ने समय र फल लाग्ने समयमा असिना पानी परेका कारण सुन्तला उत्पादनमा गिरावट आएको उहाँले बताउनुभयो । 

केही किसानको बगानमा स्याहार नपुग्दा रोगको संक्रमण रहेकोसमेत उहाँले स्वीकार्नुभयो । सुन्तलामा यो वर्ष ऐजेरुको समस्या बढी देखिएको छ । यो वर्ष गत वर्षको आधा मात्रै सुन्तला फलेको आठराई गाउँपालिका–४, इवाका किसान प्रल्हाद उप्रेतीले बताउनुभयो । “यसपालिका सुन्तला त्यति फलेनँ, तर भाउ चाँहि राम्रो छ” उहाँले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत नै कम सुन्तला फलेको मेन्छ्यायेम गाउँपालिका–५ का किसान भीम भट्टराईले बताउनुभयो । 

गत वर्षभन्दा यो वर्ष आधा मात्रै सुन्तला फलेको सुन्ताला किसानको भनाइ छ । उत्पादन घटेपछि मूल्य भने उच्च देखिएको छ । गत वर्ष प्रतिकेजी रु ४० कारोबार भएको सुन्तला यो वर्ष रु ७० मा कारोबार भइरहेको छ । बीस रोपनी जमिनमा सुन्तला खेती लगाएका कृषक उप्रेतीले भन्नुभयो, “गत वर्ष पनि सुन्तलाबाट राम्रो कमाइ भयो, यो वर्ष अझै आश गरेको थिएँ, तर मूल्य बढे पनि उत्पादनचाँहि घट्यो ।” 

यो वर्ष विगतभन्दा ससाना दाना लागेको छथर गाउँपालिका–४, फाक्चामाराका किसान खगेन्द्रराज दाहालले बताउनुभयो । “सुन्तला नपाकी झर्ने, पात पहेँलो हुने र बोटै मर्ने, ऐजेरु लाग्नेलगायत रोगका कारण यो वर्ष सुन्तला राम्रो फलेनँ” उहाँले भन्नुभयोे । दाहालले पनि करिब २५ रोपनी जमिनमा सुन्तला खेती लगाएका छन् । खेतीको क्षेत्र वर्षेनी बढाए पनि रोग किराको संक्रमणका कारण राम्रो आम्दानी लिन नसकेको उहाँले बताउनुभयो । 

“रोगको निदानका लागि कृषि प्राविधिकलाई देखाए पनि समाधान भएनँ, माटो परीक्षण गरेरै खेती थालेको थिएँ” उहाँले भन्नुभयो । जिल्ला कृषि विकास कार्यालयका अनुसार सबै स्थानीय तहमा सुन्तला खेती हुन्छ । तर त्यसमध्ये पनि फेदाप गाउँपालिकाको जलजले, आठराई गाउँपालिकाको छातेढुंगा, इवा, म्याङलुङ नगरपालिका तथा छथर गाउँपालिकाको फाक्चामारामा गुणस्तरीय सुन्तला उत्पादन हुने गरेको छ । 

जिल्लाका एक हजार १३ हेक्टर जमिनमा सुन्तलाखेती भइरहेको कार्यालयको तथ्यांक छ । गत वर्ष जिल्लामा पाँच हजार ८४२ मेट्रिक टन सुन्तला फलेको थियो । यहाँ उत्पादित सुन्तला पूर्वका धरान, इटहरी, विर्तामोड र विराटनगरका बजार हुँदै भारततर्फ समेत निर्यात हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित