2026-10-15 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खरीको सडक १५ मिटर हुनुपर्छ तर नियमलाई लात हानेर बन्दैछन् घरहरु

पुस १९, काठमाडौं । धादिङ्गको ज्वालामुखी गाउँपालिका -५ स्थित खरीमा अधिकांश नयाँ घर-संरचनाहरु नियम बिपरित बनेको पाइएको छ । 

भूकम्पपछीका अधिकांश घरहरु निर्माण जारी रहँदा घडेरी खार्ने कामदेखि घरहरु बनाउने काम भईरहेको छ । नयाँ घर बनाउँदा बिबिध कारण सडकमै जोडेर घर बनाउने होडबाजी चलेको छ, त्यसमा पनि सरकारी नियमलाई ठाडो उल्लङ्घन गरि सडक नियम एकातिर घरहरु बनेका छन् । पहाडी सडक त्यसमा पनि गैर कानुनी रुपमा घर बनाउने काम भएका छन् । सडकसँग जोडिएका आफ्नो जग्गामा सडकको मापदण्ड नछाडी घर बनाउँदा भविष्यमा आइपर्न सक्ने कठिनाई वा सरकारी नियमले नै बिना क्षेतिपूर्ति भत्काउनसक्ने अवस्था हुन्छ । 

यस बिषयमा स्पष्ट पार्दै ज्वालामुखी गाउँपालिका -५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले भने ‘मापदण्ड अनुसार खरीको सडक कम्तिमा १० मिटरसम्म चौडा अनिवार्य छ ।’ उनले भने अनुसार सडक १५ मिटरसम्मको हुनुपर्छ तर १० मिटर चाही अनिवार्य नै हो । काप्रीले कम्तिमा १० मिटर छाडेर घर बनाउन भनेको बताए । यदी भन्दा-भन्दै पनि नियम मिचिन्छ भने भविष्यमा हामीले साथ दिने ठाउँ रहँदैन । भविष्य नसोची घर बनाउनेले समस्या झेल्नुपर्ने हुनसक्छ । काप्रीले मापदण्ड लगायत बिषयमा सबैलाई जानकारी होस् भन्ने हेतुले वडा कार्यालय अगाडी सूचना बोर्ड टासिने बताए । 

त्यसोत अधिकांश व्यक्तिहरु सडकको मापदण्ड कति हो ? भन्ने बिषयमा अन्योल छन् । कतिपयले हचुवाको भरमा सडकलाई ठाउँ छाडेर घर बनाए पनि त्यस्ता घरहरु सडक मापदण्ड भन्दा भित्रनै परेका छन् । गाउँको सडक भएकाले तलबाट उठाउन खर्च बढ्ने हुँदा माथिपट्टिको भाग बढी सडकले काट्ने सम्भावना छ । 

नियमकै कुरा गर्ने हो भने सार्वजनिक सडक ऐनमा राजमार्गको सीमा सरकारले ३१ मिटरसम्म कायम गर्न सक्ने उल्लेख छ । त्यसअनुसार नै सरकारले मुख्य राजमार्गको सीमा दायाबायाँ २५ मिटर, सहायक राजमार्गको १५ मिटर तथा जिल्लास्तरीय र शहरी सडकको १० मिटर तोकेको छ । त्यसमा पनि यदी केन्द्रीय बाटो हो भने १५ मिटर अनिवार्य हुन्छ । नियामानुसार सडकलाई ठाउँ नछाडी नयाँ संरचना बनाईएको छ भने सरकारले भत्काउन सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने