पढ्न करिब 2 मिनेट लाग्छ

टेक शाही | पुस २०, सास (डोल्पा) | डोल्पा जिल्लाका एक वडा अध्यक्षले १ सय थान अनुदानमा सोलार बितरण गरेका छन । काईके गाँउपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र रोकायाले वडा नं.५,६ र ७ का सबै ३ सय घरधुरिलाइ सोलार बितरण गरेका छन ।

सुनेरा कम्पनीको ५५ वाटको सोलार साविकको लावन गाविसका बरिव ३ सय घरधुरीलाइ बितरण गर्न लागिएको वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारि दिए । उनका अनुसार हाल १ सय थान मात्र आएको र अब २ सय थान सोलार आउन बांकी रहेको बताए । उनले भने अब बांकी सोलार पनि आउदै गरेकोर आएको सोलार बितरण गरि रहेको बताए ।

उर्जा मन्त्री महेन्द्र बहादुर शाहीको सिफारीसमा बैकल्पीक उर्जा मार्फत ३ सय थान सोलार ७५ प्रतिशत अनुदानमा डोल्पा ल्याएको अध्यक्ष रोकायाले जानकारि दिए । दियालोमा दैनिकि गुजारेका जनतालाइ जन प्रतिनिधि भएर चुनिए पछि पहिलो पटक जनताको घरमा सोलारको उज्यालो दिने सानो प्रयास गरेको रोकाया बताउछन ।

प्रति थान २५ हजार बराबर पर्ने ५५ वाटको सोलारमा ७५ प्रतिशत बैकल्पीक उर्जाले अनुदान दिएको छ भने बांकी २५ प्रतिशत जनताले आफै ब्यहोर्नेछन । सदरमुकाम दुनैबाट जनताको घर सम्म भाडा र अन्य खर्च सहित प्रतिघरले ९ हजार बराबर खर्च हुने स्थानिय सुकमति बुढाले बताइन ।

दियालाको उज्यालोमा बसेर दिन बिताएका हामी अब यति ९ हजार तिर्न कुनै समस्या नभएको स्थानीय बिष्णु चन्द्र बोहोर खुसि ब्यक्त गर्छन । उनि भन्छन वडा अध्यक्षले जनताको मनो भावना बुझेका छन खुसीको सिमा छैन धन्यबाद पनि कसरि दिनु ।

कर्णालीकै मन्त्री भएर पनि होला कर्णालीको दुख बुझे धेरै पिछडीएको गाँउमा अनुदानमा सोलार बितरण गर्न पाउदा सरकारलाइ धन्यबाद दिन्छु मन्त्री शाहीलाइ धन्यबाद दिन्छु वडा अध्यक्ष रामचन्द्र रोकायाले खुसि ब्यक्त गरे । उनि भन्छन सानो मेहेनत गरेको छैन तर यो मेरो जनताको लागि सानो उपहार हो म चाहन्छु जनतालाइ सुख र खुसि भएको हेर्न चाहन्छु ।

बिकास र शिक्षामा पछि परेको काइके गाँउपालिकाको ३ वटा वडामा आफनो कार्यकालमा थोरै भए पनि परिवर्तन गर्ने बाचा गरेको र जनताले सुखका साथै बिकास भएको आभास गराउने तर्फ लागि परेको वडा अध्यक्ष रोकायाले बताए । अनुदानमा सोलार पाउदा स्थानियहरु खुसी हुदै अध्यक्षलाइ राइका र टिका लगाएर धन्यबाद दिइ रहेका छन ।