2026-09-19 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेट कटौती भएपछि सडक आयोजना अलपत्र

  पुस २६, म्याग्दी (रासस) | बजेट कटौती भएपछि म्याग्दीमा सञ्चालित छ वटा ग्रामीण सडक आयोजना अलपत्र परेको छ । 

सडक डिभिजन कार्यालय बागलुङमार्फत आव २०७३/७४ मा बजार केन्द्र तथा पर्यटकीय महत्वका सडक कार्यक्रमअन्तर्गत सञ्चालित आयोजना अलपत्र परेको हो । 

दरवाङ–देवीस्थान–धारापानी–ताकम–ढोरपाटन सडकअन्तर्गत पुरानो सडक स्तरवृद्धिका लागि र मुनादेखि मार्ग खोल्न दुई वटा छुट्टाछुट्टै आयोजना सञ्चालन भएको थियो । यसैगरी बिमको अर्गला हुँदै मराङ–मल्कबाङ–कुइनेको नयाँ मार्ग निर्माण, पोखरेबगर–घार–शिख स्तरवृद्धि, रत्नेचौर–भकुण्डे–भकिम्ली, अर्थुङ्गे–पुलाचौर–कुहुँ सडक आयोजना सञ्चालनमा आएको थियो तर काम पूरा नहुँदै बजेट कटौती भएपछि ती सबै आयोजना अलपत्र परेका हुन् । 

ती सबै सडक आयोजना निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु सात करोडमा सम्झौतासमेत भएको थियो । सो आवको अन्त्यमा शुरु भएको काम पूरा नहुँदा लक्ष्यअनुसार सबै बजेट खर्च हुन सकेको थिएन । 

चालू आवमा अर्थ मन्त्रालयले बजार केन्द्र जोड्ने पर्यटकीय महत्वका सडक शीर्षकको कार्यक्रममा बजेट विनियोजन नभएकाले काम अघि बढाउन नसकिएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख इञ्जिनियर थानेश्वर खत्रीले बताउनुभयो । 

योजनाले पूर्णता नपाउँदा सडकको अवस्था लथालिङ्ग बनेको छ । सडक फराकिलो बनाउन भित्ता खनिएपछि कतिपय ठाउँका बस्तीसमेत जोखिममा परेका छन् । सडक डिभिजनले शुरु गरेको कामले पूर्णता नपाउँदा स्थानीय तह र अन्य आयोजनाले काम अघि बढाउन सकेका छैनन् । 

सडक डिभिजन योजनाले निरन्तरता पाउने÷नपाउने भन्नेमा अन्योल रहँदा गाउँपालिकाले बजेट विनियोजन गरेको योजना सञ्चालनमा अप्ठ्यारो परेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । 

गाउँपालिकाले चालू आवमा बिम अर्गला मराङ मल्कवाङ सडक आयोजनाका लागि रु ९० लाख विनियोजन गरेको छ । तर सोही सडकको मार्ग खोल्न सडक डिभिजनले गत वर्ष शुरु गरेको काम अलपत्र अवस्थामा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई