पढ्न करिब 3 मिनेट लाग्छ

टेक शाही/पुस २७, डोल्पा । डोल्पाको मुड्केचुला गाउपालीका बडा नं ९ होर्तमा आगालागीबाट ८ घरका परिवार घरवार बिहिन भएका छन ।

बुधबार दिउसो लागेको आगोबाट करिव २ करोड ३१ लाख ४४ हजार बरावरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । आगलागीबाट मानवीय क्षेति भएको छैन ।

मुड्केचुला वडा नं ९ होर्तका नैन सिंह बुढा,दत्त बुढा,सान्ती बुढा,कर्णगीरी बुढा र पुर्ण बुढाको घर सहित ८ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएका छन । त्यसै गरि सयौ बर्ष पूरानो मष्टा भगवतीको मन्दीर समेत जलेर भगनावशेषमा परिणत भएको वडा अध्यक्ष जय प्रसाद बुढाले जानकारि दिए ।

सयौ बर्ष पूरानो मन्दीर र मन्दीरमा रहेका बहुमुल्य मूर्तिहरु समेत जलेर नष्ट भएका छन । उक्त मन्दीर र सयौ बर्ष पूराना मूर्तीका करिव १ करोड बरावरको क्षेति अनुमान गरिएको र अन्य सबैको १ करोड भन्दा मार्थिको क्षेती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारि दिएको छ ।

आगलागीबाट घर गुमाएका परिवारलाइ तत्तकाल ब्यक्ति गत राहात उपलब्ध गराउने डोल्पा प्रदेशसभा सांसद बिर बहादुर शाहीले घोषणा गरेका छन । सांसद शाहीका अनुसार तत्काल ओड्नको लागी २५ थान वरावर बलाङकेट,खानको लागि ८ कुइन्टल चामल र बस्नको लागि त्रिपालको ब्यवस्था गर्ने प्रतिबद्धता गरेका छन ।

प्रदेशसभा सांसदले भनेका भए पनि जिल्लाबाट पनि थप राहतको ब्वस्था गर्नको लागि आफु बिभिन्न निकायमा लागि परेको वडा अध्यक्ष जय प्रसाद बुढाले जानकारि दिए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटि लगायत बिभिन्न सरकारी गैरसरकारी कार्यालयहरुमा राहतको लागि पहल गर्न लागेको बताए ।

हिमपात नभएको र खडेरीको कारण आगलागि भएको स्थानियहरु बताउछन । साना बालवालिकाले नैन सिह बुढाको घर नजिकैबाट आगो लगाएको स्थानियहरुले बताएका छन । तर साना बालवालीका नै हुन भन्ने कुराको पुष्टि भने अहिले सम्म भएको छैन ।

आगलागि भएको करिव १७ घण्टा पछि मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । अनुमानित क्षेतीको बिवरण निकालेको र मुजुल्का उठाएर जिल्लामा आउदै गरेको प्रहरीले जानकारि दिएको छ । किन र कसरी त्यसरी आगलागी भयो भन्ने कुराको अझै यर्थाथ जानकारि भने कसैले पनि दिन सकेका छैन । सानो गल्तीले आगलागि भए पछि ८ घर परिवारले घरवार नै गुमाएका छन ।

घरवार नै खरानी भए पछि परिवारका सबै आत्तीएका छन । समुदायमा आफन्तहरुले धैर्यता गर्न प्रोत्साहान गरेका छन । बिभिन्न ठाँउबाट सहयोग गर्ने प्रतिबद्धता समेत गरेको स्थानीयहरु बताउछन ।

जिल्लाका दर्जनौ ठाँउमा आगलागी धुवाले पूरै अध्यारो

डोल्पा जिल्ला भरि दर्जन भन्दा धेरै ठाँउमा आगलागी भै रहेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको रिग्मो पोष्टको जगँलमा ३ दिन देखि आगलागी भएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन स्थानीय,निकुञ्जका कर्मचारि,नेपाली सेनाले नियन्त्रण गर्न नसकेको स्थानीय आङबहादुर लामाले जानकारि दिए । उनका अनुसार बाक्लो घना जगँल र ठुला पूराना सुकेका रुख भएको कारण निभाउन कठिन भएको बताए ।

जिल्लाका अधिकाँश जागलमा आगलागि भए पछि सबै क्षेत्रमा धुवाले अध्यारो पारेको छ । त्रिपूरासुन्दरी नगरापलिका,ठुलीभेरी नगरपालिका,काईके गाँउपालिका,मुड्केचुला गाँउपालिका,लगायत अधिकाँश स्थानीय तहका बनहरुमा आगलागी भएको छ । तर यता सरोकारवाला निकायहरु भने मौन नै रहेका छन । आगलागीले दैनिक करोडौको क्षति भने गरि रहेको छ ।