पढ्न करिब 2 मिनेट लाग्छ

राम नारायण पंडित/माघ ३, सिरहा । विष्णुपुर प्र.म. गाउँपालिकाले प्रथम गाउँसभाबाट २० करोड ४९ लाख ३३ हजार ५ सय ५२ रुपैयाको बजेट सार्वजनिक गरेको हो ।

२० वर्षपछि भएको स्थानीय तहको निर्वाचन पश्चात मंगलबार सम्पन्न पहिलो सभाबाट आर्थिक बर्ष ०७४/०७५ का लागि सो बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष जागेश्बर यादबले अगामी आर्थिक बर्षका लागि अनुदान वापतको ४ करोड ५९ लाख ७० हजार, वित्तिय सामाणीकरणबाट प्राप्त अनुदान ११ करोड ९५ लाख ९४ हजार, गत वर्षको मौज्दात बाँकी बैंक मौज्दात ६४ लाख ४३ हजार ५ सय ५२, आन्तरिक श्रोतको अनुमानित १ करोड २० हजार, सामाजिक सुरक्षा तर्फको जम्मा २ करोड २९ लाख ६ हजार गरी कुल २० करोड ४९ लाख ३३ हजार ५ सय ५२ रुपैयाको बजेट सार्वजनिक गरेका हुन् ।

गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत कार्यालय संचालन तथा चालु खर्च तर्फ २ करोड ३० लाख, पुँजीगतका विभिन्न विषयगत क्षेत्रमा शिक्षा तर्फ ३ करोड २५ लाख ९३ हजार, स्वास्थ्य तर्फ १६ लाख ३६ हजार, औषधी खरिद तर्फ १० लाख, कृषी तर्फ ३२ लाख, पशु स्वास्थ्य तर्फ ११ लाख ६८ हजार, खानेपानी तर्फ ७ लाख ५० हजार, अन्य पुँजीगत पुर्वाधार निर्माण अन्तर्गत वडा कार्यालय तर्फ ५ करोड ३० लाख, अन्य सामाजिक सुरक्षा तथा वालपोषण तर्फ २ करोड २९ लाख ६ हजार, गाउँपालिका भवन निर्माण मेसिनरी खरिद लगायत अन्य पुजीगत निर्माण तर्फ ५ करोड ५६ लाख ८० हजार ५ सय ५२ गरी कुल २० करोड ४९ लाख ३३ हजार ५ सय ५२ विनयोजन गरका छन् ।

जनताको हित र कल्याणको पक्षमा सदुपयोग गर्नुको साथै ५ वर्षको अवधिलाई फलदायी र उपलब्धीमुलक बनाउने लक्ष्यका साथ वजेट, नीति तथा कार्यक्रम तयार गरिएको अध्यक्ष यादवले वताले बताए । अध्यक्ष यादबले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा विशेष जोड दिने लक्ष्यका साथ बजेट विनियोजन गरेको स्पष्ट गरे ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिरहका उपसभापति सरोज कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक राजन भेटवाल, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत कमलदेव यादव, कार्यकारी अधिकृत राम प्रमोद यादव, नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताको साथै स्थानीय राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।