२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा महिला प्रहरी सेवाकेन्द्र भवन निर्माण

२०७४, ४ माघ बिहीबार ०२:५३

माघ ४, दमौली (रासस) | जिल्ला प्रहरी कार्यालय तनहुँको हाताभित्र रु एक करोड ५५ लाखको लागतमा महिला प्रहरी सेवा केन्द्रको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ । 

अपाङ्ग मैत्री र्याम्प सहितको सुविधा सम्पन्न भवन एशियाली विकास बैंक (एडिबी) को सहयोगमा बनेको हो । तीनतले उक्त भवनभित्र एक दर्जनभन्दा बढी सुविधा सम्पन्न कोठा छन् । तनहुँको महिला प्रहरी सेवा केन्द्रको सुविधा सम्पन्न भवन रु एक करोड ५५ लाखमा सम्पन्न भएको खानी निर्माण सेवाका प्रोप्राइटर मोहम्मद नजरुनले बताउनुभयो । 

सो भवनमा महिला थुनुवालाई समेत राख्न सकिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी निरीक्षक कृष्ण बस्याललाई उक्त भवनको चाबी हस्तान्तरण गरी सकिएको छ । महिला तथा बालबालिकासम्बन्धी परेका गुनासाको सुनुवाइ गरी त्यसको समाधान खोजिने तथा दर्ता भएका मुद्दाहरुको छिनोफानो गर्ने काम सो केन्द्रले गर्नेछ । 

केन्द्रकी प्रमुख एवं प्रहरी निरीक्षक कृष्ण बस्यालले पीडित महिला तथा बालबालिकालाई न्याय दिने काम केन्द्रले गर्ने बताउनुभयो । 

बालमैत्री, महिलामैत्री, अपाङ्गमैत्री कक्ष, बैठक कक्ष, तालिम हल, इन्चार्ज कार्यकक्ष, महिला ब्यारेक सो केन्द्रमा रहनेछन् । तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले महिलासम्बन्धी मुद्दाहरु केन्द्रबाट छिनोफानो हुने बताउनुभयो । पीडित महिला र बालबालिकाको गुनासा सुन्ने र त्यसको समाधानमा केन्द्रले काम गर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा