२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ताङतिङ, करापुडाँडा र याङ्जाकोट होमस्टे ट्रेल अन्वेषण भ्रमण

२०७४, ६ माघ शनिबार ११:५९

माघ ६, पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीमा घरबास सञ्चालन भएको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्गको प्रवद्र्धन एवं विकासका लागि तीन दिने अन्वेषण भ्रमण शुरु गरिएको छ । 

भिटोफको केन्द्र एवं प्रदेशका क्रियाशील पदाधिकारी, ग्रामीण पर्यटनका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी एवं पर्यटन व्यवसायी समेतको प्रतिनिधित्व गराउँदै उक्त क्षेत्रको अन्वेषण भ्रमण शुरु गरिएको हो । 

पदयात्रा र घरबास पर्यटन एक अर्कामा प्रत्यक्ष अन्तर सम्बन्धित भएका कारण यी दुवैलाई एक साथ अघि बढाउन भिटोफले ‘घरबास–पदयात्रा’ पर्यटनको अवधारणा अघि बढाएको भिटोफ प्रदेश नं ४ का अध्यक्ष रवीन्द्रराज पौडेलले बताउनुभयो । 

पदमार्ग छोटिँदै गएका अवस्थामा घरबास सञ्चालन भएको एक ठाउँबाट अर्को ठाउँमा पर्यटकलाई पदयात्रासहित खाना तथा आवासको सुविधा उपलब्ध गराउन सकिने भएका कारण यो अभियानको शुरुवात गरिएको अध्यक्ष पौडेलको भनाइ छ । 


कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय ताङतिङ गाउँ र याङ्जाकोटलाई करापुडाँडा हुँदै जोड्ने कार्यले यस क्षेत्रको पर्यटकीय सम्भाव्यतालाई थप उजागर गर्ने मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले बताउनुभयो । 

यस अभियानको सफलताका लागि गाउँपालिका क्रियाशील भएर लाग्ने उहाँले बताउनुभयो । प्रचारप्रसार एवं पूर्वाधार अभावका कारण नेपालका धेरै पर्यटकीय गाउँ विकासका दृष्टिले अझै ओझेलमा परेको भिटोफका सल्लाहकार डा प्रेम शर्माले बताउनुभयो ।

भिटोफ प्रदेश नं ४ का पूर्वअध्यक्ष तारानाथ पहारीले भिटोफकै पहलमा धेरै पर्यटकीय गाउँमा घरबास कार्यक्रम सञ्चालन भएको बताउँदै घरबास सञ्चालन भएका एक ठाउँबाट अर्को ठाउँलाई पदमार्गमार्फत जोड्ने अभियानले गाउँमा आर्थिक समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।  

मादी गाउँपालिका–२ का अध्यक्ष एकजंग गुरुङले प्रकृति र संस्कृतिलाई जोड्न सकेमात्र पनि यहाँका धेरै गाउँले विकासमा फड्को मार्ने विचार राख्नुभयो । पोखरा हुँदै ताङतिङबाट शुरु भएको पदमार्ग अन्वेषण भ्रमण करापुडाँडा हुँदै याङ्जाकोटमा गएर समापन गरिने आयोजकले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी