२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा वैकल्पिक सडक निर्माण

२०७४, ११ माघ बिहीबार ०८:३८

माघ ११, म्याग्दी | म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । 

बेनी नगरपालिका–७ महारानीथान हुदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुंगा र ४ नम्बरको डाँडाखेत हुदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि बाटो खोल्न शुरु भएको सडक आयोजनाले हालै मात्र पूर्णता पाएपछि ठूलोखोला–बेनी खण्डमा सवारी सञ्चालन गर्न सकिने भएको छ । 

११.५ किलोमिटर दूरीको यो सडक बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक भएको उपभोक्ता समितिका अध्यक्ष मुक्ति खड्काले बताउनुभयो । सडकबाट बेनी नगरपालिकाको जरबुटा, सेतोढुंगा, भिरमुनि, डाँडाखेत, राक्से र ठूलोखोलाका बासिन्दा लाभान्वित भएका छन् । 

पहिला साँघुरो र ग्रेड नमिलेको बाटो मात्र खोलिएको सडकलाई बेनी नगरपालिकाको सहयोगमा फराकिलो र सुधार गरेपछि जिप, माइक्रोबस, ट्र्याक्टर चल्न सक्ने भएको छ । उक्त सडकलाई नगरपालिकाले चालू आवमा रु १० लाख विनियोजन गरेको छ । 

पहिलो चरणको काम अन्तिम चरणमा पुगेको र योजनालाई निरन्तरता दिन सडक बोर्डको कार्यक्रमबाट थप रु १० लाख पनि विनियोजन भएको बेनपा–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताउनुभयो । सडक निर्माण भएपछि स्थानीयवासीले बेनी आउन जानका साथै कृषिउपज ढुवानी गर्न राहत मिलेको छ । 

पैदल एक घण्टा हिँड्नुपर्ने बाटो मोटरसाइकल, जिप चढेर २० मिनेटमै पूरा गर्न सकिने भएको अध्यक्ष खड्काले बताउनुभयो । बेनीदेखि ठूलो खोलासम्म कुनै कारणले बेनी दरवाङ सडक अवरुद्ध हुँदा यो सडकलाई विकल्पको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी