२० वर्षपछि भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२० वर्षपछि भएको"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मिर्चैया नगरपालिकाको बजेट ४३ करोड

२०७४, १२ माघ शुक्रबार ०३:२५

राम नारायण पंडित/माघ १२, सिरहा । मिर्चैया नगरपालिकाले प्रथम नगरसभाबाट ४३ करोड ३२ लाख ९१ हजार १ सय ३३ रुपैयाको बजेट सार्वजनिक गरेको हो । 


२० वर्षपछि भएको स्थानीय तहको निर्वाचन पश्चात विहिबार सम्पन्न पहिलो नगरसभाबाट आर्थिक बर्ष ०७४÷०७५ का लागि सो बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाका मेयर श्रबण कुमार यादबले अगामी आर्थिक बर्षका लागि आन्तरिक आय तर्फ १ करोेड ५० लाख ९३ हजार १ सय ३३ रुपैया, राजस्ब बाडफाड (रजिष्टेशन तर्फ) ५० लाख, संघिय संरचना पुंजिगत बिकास कार्यक्रम तर्फ ४८ लाख, बित्तिय समिकरण तर्फ २५ करोड २ लाख २३ हजार, सशर्त पुंजिगत तर्फ ७ करोड २ लाख १५ हजार, समाजिक सुरक्षा तर्फ ७ करोड ४४ लाख ३ हजार, सडक बोर्ड तर्फ ३५ लाख, एलजिसिडिपी तर्फ १५ लाख ५७ हजार गरी जम्मा ४३ कारेड ३२ लाख ९१ हजार, १ सय ३३ रुपैयाको बजेट बिनियोजन गरेका हुन् । 

ब्याय तर्फ खर्चमा ७ करोड १४ लाख २ हजार ५ सय रहेको छ । पुंजिगत खर्च मध्ये बित्तिय समिकरण तर्फ २१ करोड २४ लाख ७० हजार ६ सय ३३ रुपैया, सशर्त पुंजिगत तर्फ ७ करोड २ लाख १५ हजार, समाजिक सुरक्षा चालु तर्फ ७ करोड ४४ लाख ३ हजार, संघिय संरचना पुंजिगत बिकास तर्फ ४८ लाख गरि जम्मा ४३ करोड ३२ लाख ९१ हजार १ सय ३३ रुपैया अनुमानित ब्याय प्रस्तुत गरिएको छ । 

जनताको हित र कल्याणको पक्षमा सदुपयोग गर्नुको साथै ५ वर्षको अवधिलाई फलदायी र उपलब्धीमुलक बनाउने लक्ष्यका साथ वजेट, नीति तथा कार्यक्रम तयार गरिएको मेयर यादवले बताए । मेयर यादबले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा विशेष जोड दिने लक्ष्यका साथ बजेट विनियोजन गरेको स्पष्ट गरे । 

पुर्ब मन्त्रि मात्रिका यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपमेयर जिबछी देबी साह, सिरहा क्षेत्र नं. ४ “क” प्रदेशसभा सदस्य दिलिप साह, “ख” का प्रदेशसभा सदस्य सुरेश मण्डल, पुर्ब आइजिपी उपेन्द्रकान्त आर्याल, राष्ट्रपतिका स्बकिय सचिब जिबछ साह, रेडियो धड्कनका प्रबन्ध निर्देशक अंजय कुमार साह, एनप्याबसन सिरहाका अध्यक्ष प्रदिप कुमार तिबारी लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी