2026-09-12 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहाको गोलबजार नगरपालिकाद्धारा ४९ करोड बजेट विनियोजन

राम नारायण पंडित | माघ १५, सिरहा | सिरहाको गोलबजार नगरपालिकाको पहिलो नगरसभाले आर्थिक बर्ष ०७४/०७५ का लागि ४९ करोड भन्दा बढीको बजेट पारित गरेको छ । नगरसभाबाट पारित निर्णयहरु सार्वजनिक गर्न आइतवार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख देवनाथ साहले नगरसभाबाट चालु आर्थिक बर्ष ०७४/०७५ का लागि रु. ४९ करोड ७७ लाख २४ हजार ४५० रुपैयाको बजेट पारित भएको जानकारी दिनुभयो । 

नगरप्रमुख साहका अनुसार आयतर्फ आन्तरिक श्रोतबाट रु. १७ करोड ९० लाख ७ हजार, नेपाल सरकारबाट सशर्ततर्फ रु. ११ करोड ९५ लाख ४५ हजार, बित्तिय समानीकरणतर्फ रु. २६ करोड ३० लाख ३२ हजार, बिशेष अनुदानतर्फ एलजीसीडिपीबाट रु. १६ लाख ५ हजार, सामाजिक सुरक्षा अनुदान तथा बाल पोषणबाट रु. ५ करोड ८१ लाख ५२ हजार तथा सडक बोर्ड नेपालबाट रु. २५ लाख गरी रु. ४९ कारेड ७७ लाख २४ हजार ४५० रुपैयाँको  अनुमान गरिएको छ । 

यस्तै आन्तरिक चालु तथा पुँजीगत खर्चतर्फ रु. ५ करोड २७ लाख ९० हजार ४५०, प्रशासनिक तर्फ रु. ६ करोड ५७ लाख ८३ हजार, पुंजिगततर्फ रु.१९ करोड ७३ लाख ४९ हजार र पुँजीगत वडातर्फ रु. ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको नगरप्रमुख साहले जानकारी दिनुभयो । 

नगरसभाले नगरपालिकाभित्र स्मार्ट सिटी निर्माण, खेलकुदमैत्री नगरपालिका बनाउने, नगरक्षेत्रभित्रका पर्यटकीय स्थलहरुको संरक्षण, सम्बद्र्धन गरि पर्यटकीय नगरको रुपमा विकास गर्ने लगायतका योजनाहरु पारित गरेको नगरप्रमुख साहको कथन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन