२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटका विस्थापित परिवारलाई एकीकृत बस्तीमा पुनःस्थापना

२०७४, २० माघ शनिबार ०५:३५

माघ २०, नुवाकोट । भूकम्पसँगै गएको सुक्खा पहिराले विस्थापित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापनाका लागि एकीकृत बस्ती निर्माणको काम शुरु गरेको छ । 

भौगर्भिक तथ्यांकअनुसार विभिन्न बस्तीबाट विस्थापितमध्ये दुई स्थानका ६५ परिवारलाई प्राधिकरणले जग्गा खरिद गरी एकीकृत बस्तीको निर्माण प्रक्रिया अघि बढाएको छ । 

तादी गाउँपालिका–१ उर्लेनीबाट विस्थापित ७२ परिवारमध्ये ५१ र सूर्यगढी गाउँपालिका–१ लच्याङका १४ परिवारका लागि सुरक्षित स्थानमा जग्गा खरिद गरी हस्तान्तरण गरिएको छ । 

उर्लेनीबाट विस्थापितलाई तादी–३ खरानीटारमा जग्गा गरिद गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लच्याङबाट विस्थापितलाई सूर्यगढी–४ हल्देकालिकामा जग्गा खरिद गरी तिनका नाममा जग्गाधनी प्रमाणपत्र पुर्जा (लालपुर्जा) प्रदान गरिएको छ । 

वितरण गरिएको प्रमाणपत्र संयुक्त (श्रीमान्–श्रीमती दुवैका नाममा) छ । “खरानीटारमा पुनःस्थापना गरिएको परिवारका लागि एकीकृत बस्ती निर्माणका लागि अक्सफामसँग सम्झौता गरी जग्गा सम्याउने काम अघि बढाउन लगाएका छौँ”, गौडेलले भन्नुभयो, “हल्देकालिकामा पुनःस्थापना गर्न लागिएका परिवारलाई प्राधिकरण आफैँले सहयोग पु¥याउने निर्णय भएको छ ।” 

‘राष्ट्रिय पुनर्निर्माण कार्यविधि २०७२’ मा १० भन्दा बढी लाभग्राही घर परिवारले एकै स्थानमा आवास निर्माण गर्न चाहेमा प्रतिपरिवार रु चार लाखसम्म लगानी गरिने प्रावधान छ । 

एकीकृत बस्तीका लागि सडक, विद्युत्, खानेपानी, विद्यालय, खेल मैदानलगायत पूर्वाधार विकास सरकारी पहलमा हुने व्यवस्था छ । 

पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूकम्प र त्यसपछिको पहिराले बस्ती जोखिममा पु¥याएकाले जिल्लाका उर्लेनी, घ्याङ्फेदी, लच्याङ, महाकाली, किम्ताङ र साल्मेका ३२१ परिवार पुनःस्थापना गर्नुपर्ने देखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता