2026-09-19 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको राहुघाट निर्माण अझै शुरु भएन

फागुन  १८, म्याग्दी | ठेक्का सम्झौता भएको तीन महिना बिते पनि राहुघाट जलविद्युत् आयोजना निर्माणको काम शुरु हुन सकेको छैन । 

नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको ४० मेगावाट क्षमताको राहुघाट निर्माणका लागि गत मंसिर ७ गते भारतीय निर्माण कम्पनी जयप्रकाश एशोसिएट्ससँग रु छ अर्बमा ठेक्का सम्झौता भएको थियो । 

ठेक्का सम्झौता भएको तीन महिनासम्म पनि आयोजना निर्माण शुरु नहुँदा स्थानीय निराश भएका म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । “आयोजना निर्माणमा भएको ढिलाइले पुरानै समस्या दोहोरिने चिन्ता छ”, उहाँले भन्नुभयो, “सन् २०२१ सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि तीन महिना त्यत्तिकै बित्यो ।” 

आयोजना प्रमुख श्रीराम पाण्डेले ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकमा कम्पनी स्वीकृतिका लागि पठाएको पत्रको उत्तरको प्रतीक्षामा रहेको बताउनुभयो । बैंकले ठेक्का सम्झौता स्वीकृत गरेपछि निर्माण कम्पनीले काम अघि बढाउने उहाँको भनाइ छ । 

इञ्जिनियरिङ, प्रोक्योमेन्ट एण्ड कन्ट्र्याक्ट (इपिसी) मोडेलमा निर्माण हुन लागेको सो आयोजनाको सिभिल र हाइड्रोमेकानिकलको काम गर्न रु छ अर्बमा ठेक्का सम्झौता भएको छ । बत्तीस मेगावाट क्षमतामा डिजाइन गरिएको सो आयोजना पुनः डिजाइनका क्रममा आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको थियो । 

रघुगंगा गाउँपालीकाको पिप्ले, दग्नाम र झिँमा आयोजनाका लागि आवश्यक दुई सय ८२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण लगभग भइसकेको छ । बाँधस्थलमा निर्माण गर्नुपर्ने आधारशिविरका लागि थप जग्गा खरिद गर्न आयोजनाले अधिग्रहणको काम अगाडि बढाएको छ । 

राहुघाट कालीगण्डकीको सहायक नदी हो । उक्त आयोजना कम्पनी मोडेलमा निर्माण गर्न लागिएको छ । रघुगंगा गाउँपालीका– ३ पिप्लेमा रघुगंगा हाइड्रोपावर लिमिटेडको कार्यालय स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीनाथ दाहालले बताउनुभयो । कर्मचारी र सर्वसाधारणका लागि पनि सेयर बिक्री गर्ने योजना छ । 

रघुगंगा गाउँपालीकाको झिँ र दग्नामको सिमानामा बाँध रहने सो आयोजनाको विद्युतगृह बेनी जोमसोम सडक छेउमा पर्ने तिल्केनीचौरमा रहने बताइएको छ । पिप्लेमा आवासगृह भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

विद्युतगृहदेखि बाँध रहने ठाउँसम्म ट्याक खोलीएको छ । पुरानो कम्पनीले ६३ मिटर मात्र सुरुङ खनेको थियो । उक्त आयोजनाबाट उत्पादीत विद्युत कालीगण्डकी प्रशारण लाईनमार्फत केन्द्रिय प्रशारण लाईनमा जोडीने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई