2026-06-27 04:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अनमोल प्रतिष्ठानले एम्बुलेन्स सेवा सञ्चालन गर्ने

फागुन १९, सुर्खेत | सुर्खेतमा एक बर्ष अगाडि स्थापना भएको अनमोल स्मृति  प्रतिष्ठानले एम्बुलेन्स सेवा र अनमोल स्याहार कार्यक्रम सञ्चालन गर्ने भएको छ । एक बर्ष अघि उपचारको क्रममा ६ महिने बालक अनमोलको निधन पछि स्थापना गरिएको प्रतिष्ठानले शिशुहरुको बाल संरक्षण, र उपचारका लागि सहयोग पु¥याउन दुई वटा कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।

शनिबार वीरेन्द्रनगरमा अनमोल स्मृति  प्रतिष्ठानले आयोजिना गरेको कार्यक्रममा अनमोल एम्बुलेन्स सेवा र अनमोल स्याहार कार्यक्रम सञ्चालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले जनाए । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कुनै पनि शिशुले उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था हुनु दुखद भएको बताए। उनले यस्ता पीडाहरुबाट कर्णली प्रदेश मुक्त हुने दावी गरे ।

कार्यक्रममा मन्त्री ज्वालाले पुत्र वियोगको पीडा भुलेर सामाजिक सेवामा लगाउन सक्नु नै सह्रानीय भएको भन्दै अभियानको सफलताको शुभ कामना व्यक्त गरे । ‘आफू बाँचौ र अरुलाई बाँच्ने अवसर प्रदान गरौं’ भन्ने मूल मर्मसहित आयोजित उक्त कार्यक्रममा अनमोलको नियति भोग्नु पर्ने बाध्यता हटाउन गरेको अभियानमा प्रदेश सरकार, मन्त्रालयले आगामी दिनमा सक्दो सहयोग गर्ने बताए ।


प्रतिष्ठानका बारेमा जानकारी दिँदै संस्थापक अध्यक्ष निराजन शाहीले शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा एक बर्षदेखि बिभिन्न वालसंरक्षण केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले आगामी दिनहरुमा प्रतिष्ठानले थप योजना बिस्तार गर्ने पनि योजना सुनाए । परोपकारी अभियान मार्फत सुर्खेत र कालीकोटमा स्वास्थ्य शिबिर, नाबालिकालाई निःशुल्क उपचार, दलित तथा अभिभावकविहीन बालबालिकालाई आर्थिक सहयोग, खेलकुद प्रतियोगिता लगायतका क्रियाकलाप सञ्चालन गरिएको शाहीले जानकारी दिए ।

उनले यसबर्ष दैलेख, जाजरकोट र सुर्खेतमा स्वास्थ्य शिविर, पुस्तकालय स्थापना, अनमोल स्याहार कार्यक्रम, अनमोल एम्बुलेन्स सेवा लगायत कार्यक्रमहरु मार्फत सामाजिक सेवाका कार्यहरु सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।  प्रथम स्मृति दिवसका अवसरमा प्रतिष्ठानका संरक्षक बिरमञ्जन शाहीले अनमोल एम्बुलेन्स सेवा सञ्चालनका लागि १ लाख रकम सहयोगको घोषणा गरेका छन् भने कालीकोटको कालिका गाउँपालिका अध्यक्ष खडानन्द चौंलागाइले अनमोल एम्बुलेन्स सेवाका लागि ३ लाख रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश सभासद कुर्मराज शाहीले छोरा गुमाएको पीडालाई सामूहिक र सामाजिक सेवामा परिवर्तन गर्ने उच्च आँटलाई सम्मान गरे । उनले यस्तो अभियानमा आफ्नो सँधै साथ रहने भन्दै उदाहणीय कार्य गरेकोमा प्रशंसा गरे । वीरेन्द्रनगर नगर नगरपालिकाका उपप्रमूख मोहनमाया ढकालले यस्ता कार्यमा स्थानीय सरकारको साथ रहने भन्दै आगामी दिनमा यस्ता सामाजिक कार्यमा साझेदारी गर्ने प्रतिबद्धता जनाईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन