2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको बैंकहरुमा तरलताको अभाव

सन्तोष गौतम/ फागुन २०, म्याग्दी | जिल्लामा रहेका बैंकका शाखामा तरलताको अभाव देखिएको छ । 

बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न बैंकले घरदैलो गर्न थालेका हुन्। 

विप्रेषणमा आश्रित जिल्लाको अर्थतन्त्रमा विप्रेषण घट्न थालेपछि बैंकहरूमा तरलता अभाव देखिन थालेको गण्डकी विकास बैंकका बेनी शाखा प्रबन्धक कुमार ढुङ्गानाले बताउनुभयो । 

“विप्रेषण घटेको र सरकारी खर्च अपेक्षाकृत नहुँदा बजारमा तरलता अभाव भएको हो”, उहाँले भन्नुभयो, “निक्षेप संकलनमा लक्ष्य पूरा गर्न सहकारीका बजार प्रतिनिधिको भन्दा धेरै दौडधुप छ ।” 

बेनीस्थित विभिन्न बैंकका १८ वटा शाखाले चालू आवको पहिलो छ महिनामा रु दुई अर्ब ३२ करोड ३६ लाख निक्षेप संकलन तथा रु तीन अर्ब २८ करोड २० लाख लगानी भएको जनाएका छन्। यो निक्षेप संकलनभन्दा ४१ प्रतिशतले बढी हो। बैंकमा जम्मा भएको निक्षेप संकलन लक्ष्यको ४० प्रतिशतको हाराहारी रहेको बैंकहरूले जनाएका छन्। 

राष्ट्रिय वाणिज्य बैंकमा असार मसान्तमा रु १५ करोड निक्षेप रहेकामा पुस मसान्तसम्ममा उल्टो ऋणात्मक भएर रु १२ करोड ९५ लाखमा खुम्चिएको छ। कृषि विकास बैंकको अवस्था पनि उस्तै छ। विप्रेषणको अधिकांश रकम खाद्यान्न र विलासी उपभोग्य क्षेत्रमा खर्च हुने गरेको छ। 

नेपालीको प्रमुख श्रम गन्तव्य खाडी मुलुक कतारको समस्याका कारण घटेको विप्रेषण जापान, अष्ट्रेलियालगायत देशमा अध्ययनका लागि जाने विद्यार्थीमार्फत फिर्ता हुने क्रम बढेकाले जिल्लामा तरलताको अभाव भएको गरिमा विकास बैंकका बेनी शाखा प्रबन्धक कमल ढुङ्गानाले बताउनुभयो । जिल्लामा रहेका सबै बैंकको पहिलो कर्जा लगानी फेन्सी पसल, किराना पसल, गाडी र व्यक्तिगत ऋणमा गरेको अवस्था छ। कुनै पनि बैंकले ठूलो लगानी भएको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा लगानी गरेका छैनन्। एकाध बैंकले कृषि, घर निर्माण, ठेक्कापट्टा र शैक्षिक कर्जामा लगानी गरेका छन्। 

कृषि क्षेत्रमा लगानी गरिएको भनिए पनि जिल्लामा व्यावसायिक कृषि फार्म नगन्य संख्यामा छन्। “स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास गतिविधि बढ्ने र अर्थतन्त्र चलायमान हुने अपेक्षा विपरीत सरकारी बजेट कम भयो। विप्रेषणबाट आएको रकम पनि बैंकको च्यानलमा नआई बाहिरिएपछि वित्तीय प्रणाली प्रभावित भएको हो”, माछापुच्छ्रे बैंकका शाखा प्रबन्धक श्रीधर ढुंगानाले भन्नुभयो, “वित्तीय साक्षरता न्यून र सानो बजारमा सीमित ग्राहक तानातानको अवस्था छ।” 

जिल्लामा भित्रिने विप्रेषणमध्ये बचेको रकम जिल्लाबाट पोखरा, चितवन र विदेशतर्फ पलायन भएकाले बैंकमा निक्षेप घटेको हो । बैंकको ब्याजभन्दा बचत तथा ऋण सहकारीले बढी ब्याज दिने भएकाले बचतकर्ता बैंकमा भन्दा सहकारीतर्फ आकर्षित छन्। सहकारीबाट कर्जा लिनसमेत सजिलो हुने भएकाले साना व्यवसायी बैंकको पहुँचमा छैनन्। 

म्याग्दी बहुमुखी क्याम्पसको अर्थशास्त्र विषयका प्रध्यापक भोलानाथ घिमिरेले तरलता अभावको समस्या समाधानका लागि सरकारी निकायले पूँजीगत खर्च वृद्धिसँगै वैदेशिक रोजगारीमार्फत भित्रिने विप्रेषणलाई जिल्लामै उत्पादनशील क्षेत्रमा परिचालन हुने वातावरण बनाउनुपर्ने बताउनुभयो । 

लिफ्ट प्रविधिको खानेपानी आयोजना 

मालिका गाउँपालिका–७ बिममा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण शुरु भएको छ । मालिका गाउँपालिकामार्फत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत रु एक करोड ४३ लाख एक हजारको लागतमा बिम लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण शुरु भएको हो । 

विसं २०७५ जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट बिमको नौरु, तल्लोगाउँ र अस्तवाङका १११ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष धनबहादुर जुक्जालीले बताउनुभयो । बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेपानीको मुहानको पानी सौर्य ऊर्जाको सहायताले पम्पिङ गरेर जोगीबिसौनामा निर्माण हुने रिजर्भ ट्याङ्कीमा पु¥याएर निजी धारामार्फत घर घरमा वितरण गरिनेछ । 

सामुदायिक विद्यालय, मन्दिर, आमा समूह, युवा क्लबको कार्यालयलगायत आठ ठाउँमा थप निजी धारा जडान गरिने भएको छ । बिबोटखोलाको मुहानदेखि जोगीबिसौनासम्मको उचाइ २४० मिटर छ । नेपाल सरकार, फिनल्याण्ड सरकार र गाउँपालिकाको अनुदानमा निर्माण हुने उक्त आयोजनामा उपभोक्ताको श्रम तथा वस्तुगत गरेर रु २७ लाख ६९ हजार बराबरको लागत रहेको परियोजनाले जनाएको छ । 

मुख्य र शाखा पाइपलाइन निर्माणका लागि श्रमदानमा जुटेका बिमका बासिन्दाले आयोजना निर्माण भएपछि राहत मिल्ने अपेक्षा गरेका उपभोक्ता बलबहादुर जुक्जाली बताउनुहुन्छ । दुईवटा इन्टेक, आठवटा पानी संकलन ट्याङ्की, ११९ धारा र नौ हजार ९०९ मिटर पाइपलाइन रहने परियोजनाले जनाएको छ । बिममा ४१६ घरधुरीको बसोबास छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई