Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २२ गते, बिहान १०:३४ बजे अर्थ/विकास, डडेलधुरा - DDL, बैतडी - BTD

बैतडीमा घर, डडेल्धुरामा कर

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २२, बैतडी (रासस) | बैतडीको तल्लोस्वराड मेलौलीका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य भएका छन् ।

बैतडीको मेलौली नगरपालिका–८, का ४०० भन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरा जिल्लामा तिर्दै आएका छन् । विसं २०३२ भन्दा अगाडि त्यस क्षेत्र डडेल्धुरा जिल्लामा राखिएको हुँदा डडेल्धुरामा नै राजश्व बुझाउँदै आएको मेलौली नगरपालिका–८ का वडासदस्य प्रेमसिंह विष्टले बताउनुभयो ।

पछि सीमांकन गर्दा सुर्नया नदीलाई सीमाना बनाएर मेलौलीको विशालपुर क्षेत्र बैतडीमा गाभिएपछि जग्गाको नापी नहुँदा कर डडेल्धुराको भागेश्वर गाउँपालिकामा तिर्न जानुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो “डडेल्धुरा जिल्लामा राजश्व बुझाउँदै आए पनि डडेल्धुराबाट सेवा सुविधा भने पाएका छैनौँ ” ।

मेलौली–८ का बासिन्दालाई घरजग्गा कारोबार, कित्ताकाटदेखि जग्गा पास गर्नसमेत डडेल्धुरा नै पुग्नुपर्ने बाध्यता छ । फरक भू–भाग भएकै कारण बैतडी र डडेल्धुराको सिमानामा विद्युत् भएपनि बैतडी बासिन्दाले विद्युत्को उपभोग गर्न नपाएको स्थानीय तपेन्द्र विष्टले जानकारी दिनुभयो । स्थानीय बासिन्दाले बैतडी क्षेत्र ‘ख’ का प्रदेश सांसद लिलाधर भट्टलाई त्यस क्षेत्रको समस्याबारे जानकारी समेत गराएको बताएका छन् ।

आफूलाई विशालपुर बासिन्दाको समस्या थाहा हुने बित्तिकै नापी विभाग तथा जिल्ला नापी कार्यालयमा खबर गरेको र प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँग छलफल गरेको सांसद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “समस्या समाधानका लागि पहल थालेको छु, छिट्टै समस्या समाधान हुन्छ ।”

जिल्लामा यो विषयमा पहिलोपटक खबर आएको र यो समस्या समाधानका लागि पहल थाल्ने जिल्ला नापी कार्यालय, बैतडीका प्रमुख नरबहादुर चन्दले बताउनुभयो ।