2026-10-15 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्वालामुखी गाउँपालिकाका ४ सडकहरु १५ मिटर अनिवार्य, घर बनाउँदा नक्सा पास गर्नुपर्ने

अनिल अधिकारी | फागुन २८, खरी | प्रदेश नम्बर ३ अन्तर्गत धादिङको ज्वालामुखी गाउँपालिकाका सडकहरु कम्तिमा १५ मिटर चौडामा हुनुपर्ने भएको छ | 

पालिकाले जारी गरेको सूचना अनुसार सडकको दायाँ/बाँया सडकको दुरी १०/१० वा ७.५/७.५ चौडाई अनिवार्य हुनुपर्ने उल्लेख छ | पालिकाले नयाँ भौतिक संरचना निर्माण गर्दा तोकिएको चौडाईलाई ख्याल नगरेको खण्डमा गाउँपालिका जवाफदेही नहुने समेत सूचनामा उल्लेख छ | 

पालिकाको सूचना अनुसार छिमेकि जिल्ला जोडिने सडकको चौडाई दायाँ १०, बायाँ १० मिटरको हुनुपर्ने र शाखा सडकको चौडाई ७.५ दायाँ, ७.५ बायाँ हुनुपर्नेछ | सूचनामा उल्लेख छ- ‘सूचनाको बर्खिलाप गरी निर्माण गरिएको संरचनाको सन्दर्भमा गाउँपालिका जिम्मेवार नभई निर्माणकर्ता स्वयम् जिम्मेवार हुनुपर्नेछ | त्यस्तै सडकको छेउमा भीर पहाड तथा ठूलो खोला भई संरचना निर्माण गर्न असम्भव हुने देखिएमा सडकको माथिल्लोभागपट्टिको भागमा सडक विस्तार हुनेछ | 

यस बिषयमा गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले साझा सबाल अनलाइनलाई दिएको जानकारी अनुसार ज्वालामुखी गाउँपालिकाका मुख्य ४ सडकहरुले अनिवार्य १५ मिटर (सडक केन्द्रबाट ७.५/७.५ मिटर दायाँबायाँ) छाडेर मात्र संरचना बनाउनुपर्ने छ | यस अन्तर्गत ससाह-अमराई-रातमाटा सडक १५ मिटरको चौडा अनिवार्य हुनुपर्ने छ | त्यस्तै पाल्पा-ढोला-मैदी-पिपलटार सडक पनि १५ मिटर चौडा अनिवार्य गरिएको छ | चैनपुर अन्तर्गत हुलाकभन्ज्याङ-चैनपुर-बांगेरह (चैनपुरको बेसीसम्म) पनि अनिवार्य १५ मिटरको चौडा सडक हुनेछ भने खरीतर्फ सातभन्ज्याङ-खरी मैदान-धुसेनी हुँदै बुंकोटसम्मको सडक पनि १५ मिटरकै मापदण्डमा हुनुपर्नेछ | पालिकाले तोकिएको सडकहरुमा केन्द्रबाट ७.५/७.५ मिटर छाडेर मात्र घर बनाउन भन्दै बिभिन्न स्थानमा बोर्डनै टास्ने तयारी गरेको छ | 

गाउँपालिका अध्यक्ष तिमल्सिनाका अनुसार सडक किनारामा मापदण्ड मिचिएका  पुराना संरचनाको नियमन गर्ने र नयाँ आरसिसि घर बनाउनेहरुले नक्सा पास गर्नुपर्ने कार्यको थालनी समेत गरिएको छ | साथै नयाँ बन्ने घरहरु सडकको मापदण्ड बिपरित पास नगर्ने तिमल्सिनाले बताएका छन् | 

सूचना हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने