चैत ७, मिर्चैया | उपभोक्ता समिति गठन विवादका कारण सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ रमपुरामा निर्माण हुन लागिएको खानेपानी ट्यांकी निमार्णको काम अन्यौलमा परेको छ । मिर्चैया नगरपालिकाको खानेपानी परियोजना अन्तर्गत मिर्चैया ९ रमपुरामा सुरु भएको खानेपानी ट्यांकी निर्माण कार्यको उपभोक्ता समिति गठन प्रक्रियामा विवाद चुलिएको हो ।

इन्ट्रल टेन्च परीक्षणका लागि पुरातात्विक विभागले केहि दिन उत्खननको काम गरेपनि अहिले विवादका कारण सबै काम ठप्प परेको छ । मिर्चैया नगरपालिकाको कार्यालयले खानेपानी ट्याङ्की निर्माणका लागि उपभोक्ता समिति गठन गर्न वडा नम्बर ९ लाई दिइएको आदेश अनुरुप समिति गठन भएपनि अर्को पक्षले पुनः समिति गठन गर्दा अघिको समितिहरु असन्तुष्ट भएर विवाद बढेको हो ।

मिर्चैया नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष मोहन प्रसाद पोखरेलले नपाको आदेशानुसार समिति गठन गरिएको बताउदै मेयरले पुनः अर्को समिति गठन गर्न लगाउनु कुनै अर्थ नरहेको दाबी गर्नुभयो । यता, मिर्चैया नगरपालिकाका प्रमुख श्रबन कुमार यादवसँग यस सन्दर्भमा कुरा गर्दा उनले वडा अध्यक्षसँग नै कुरा गर्दा हुने बताए । जनप्रतिनिधिहरुको काम-कारबाहीप्रति नगरवासी असन्तुष्ट हुनु स्वभाविक कुरा हो । तर, मिर्चैया नगरपालिका भित्र आफ्नै मातहतका वडा अध्यक्ष असन्तुष्ट भएको केहि सन्दर्भहरु देखिन थालेका छन् ।

- बिनय यादवको सहयोगमा