2026-09-13 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्लाहीको हरिवन स्थित इंन्दुशंकर चिनी उद्योगमा किसानद्वारा ताला

चैत १०, सर्लाही | सर्लाहीको हरिवन स्थित इंन्दुशंकर चिनी उद्योगमा उखु किसानले ताला लगाएका छन् । उखुको भुक्तानीको माग गर्दै चरणवद्ध आन्दोलन थालेका उखु किसानले शुक्रवार उद्योगकको मूल गेटमै ताला लगाएर उद्योगको प्रशासनिक कार्य ठप्प पारेका हुन् ।

उद्योगलाई उखु बुझाएको एक सय दिन नाघी सक्दा पनि उद्योगले किसानलाई उखुको भुक्तानी दिएको छैन । पटक पटक ध्यानाकर्षण गराउँदा समेत उखुको भुक्तानी नदिएको भन्दै भुक्तानीको माग गर्दै उखु किसानले चैत्र २ गते उद्योगको मूल गेटमा कालो भण्डा गाडेर विरोध गरेका थिए ।

त्यस पछि चैैत्र ५ गते बाट उद्योगको मूल गेटमै पाल टाँगेर रिले अनसन थालेका उनीहरुले रिले अनसनलाई जारी राख्दै शुक्रवार उद्योगको मूल गेटमै ताला लगाई प्रशासनीक कार्य ठप्प पारेका किसान नेता एवं नेपाल उखु उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीले बताउनुभयो ।

उद्योगले चैत्र ८ गते पत्र पठाएर उखु किसानलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । उद्योगले पाकिस्तान लगायत अन्य मुलुकबाट आएको चिनीको कारण आफुहरुले उत्पादन गरेको चिनी विक्री नभएकोले आफुहरुले त्यस्ता चिनीमा भन्सार बढाउन पहल भई रहेको जानकारी गराउँदै किसानलाई आन्दोलनका सवै कार्यक्रम फिर्ता लिन भनेको हो ।

तर भुक्तानको स्पष्ट मिति उल्लेख नभएकोले आफुहरुले आन्दोलनलाई जारी राखेको मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेद बहादुर बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार यस सिजनका लागि उखु क्रसिङ्गको समय सकिन लागि सकेको छ ।

किसानले उद्योगलाई उखु बुझाएको साँढे ३ महिना भई सक्यो तर अझै पनि किसानले उखुको भुक्तानी पाएका छैनन्, किसानले अब भोक भोकै वस्नु पर्ने अवस्था आई सकेको छ, अध्यक्ष बुढाथोकीले भन्नु भयो । उखुको भुक्तानी त छँदैछ उद्योगकका कारण हरिवन वजार क्षेत्रमा फैलिएको धुलो, धुँवा र दुर्गन्ध समेत उद्योगले नै नियन्त्रण गर्नु पर्ने महिला नेतृ संचिता घिमिरेले बताउनु भयो ।

उनीहरुले चैत्र १० गते उद्योगको मूल गेटबाट जुलुस समेत निकाल्ने भएका छन् । साथै उनीहरुले शनिवार नै आमरण अनसन थाल्ने समेत बताएका छन् । यता हरिवन नगरपालिकाका जनप्रतिनिधीहरुले पनि देशकै एउटा ठुलो उद्योगले विभिन्न बाहानामा किसानको उखुको भुक्तानी रोक्न नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन