2026-10-15 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो पनि सास्ती: धुलोको छालभित्र पौडिनु कि डुब्नु ?

अनिल अधिकारी | चैत ११, काठमाडौं |  ‘उफ कत्ति धेरै धुलो !,’  धादिङबेसीदेखि मुरलीभन्ज्याङ हुँदै पश्चिम तथा उत्तरतर्फ करिव शत-प्रतिशत सडक कच्ची छन् । जसको कारण धेरैले सांस्ती भोग्नु परेको छ । 

सडकमा १ फिटभन्दा बढी धुलोको कारण सडकमा यात्रा गर्नेहरुसमेत हैरान व्यक्त गर्छन् । यहाँ धुलो  छल्न मास्क मात्र होइन कतिपयले रेनकोटनै लगाउने गरेको पनि देख्न पाइन्छ भने केहिले थोत्रा कपडा लगाएर यात्रा गर्नेसम्म गरेका छन् । सहरबाट नयाँ -नयाँ कपडा लगाएर ठाटिएर जानेहरुको लागि यो सडक सबैभन्दा तनाबपूर्ण छ किनकी अगाडी वा बिपरित दिशाबाट आइरहने एउटै सवारी साधन पनि भारी बनिदिन्छ । यदी आफू भन्दा अगाडी अर्को सवारी छ भने त झन् तनाब ! अर्को सवारीको पछी लाग्दा बादल भित्र पसेको जस्तो न बाटो देखिन्छ नत सजिलो तरिकाले स्वास फेर्न नै । 

यदी आफु पछाडी छ र अगाडी अर्को सवारी गुड्दैछ भने गन्तव्य पुग्न हतारिँदै धुलोको मुस्लोभित्र पसेर अर्को गाडीलाई उछिन्न पर्ने हुन्छ तर अर्को सवारी पनि किन पछाडी पर्न चाहन्छ र ? उसले झनै धूलो उडाउँदै जान्छ । तब उसलाई उछिन्नुको बिकल्प उसलाई अलि परै पारेर उसकै गतिमा कुद्नुको बिकल्प हुँदैन । यदी यस बाटोमा मोटरसाइकलमा यात्रा गरिंदै छ भने झन् निकै सांस्ती हुन्छ । केहि सवारीले मोटरसाइकललाई बाटो छाडेर सहयोग गर्छन् भने कतिपयले बाटोनै नछाडी अगाडी गईरहन्छन् । जसको कारण मोटरसाइकल पनि उसकै गतिलाई पछ्याउँदै जानुपर्ने हुन्छ । 

कतिपय यही सडकमा यात्रा गरेको परिणामत: अस्पताल पनि भर्ना हुने गरेका छन् । धुँवा र धूलोमा २.५ पीएमभन्दा साना आकारका कणहरु प्रत्यक्ष रुपमा मानिसको फोक्सोमा पुग्ने हुनाले यसले स्वास्थ्यमा निकै हानी गर्छ । दैनिक बसमा यात्रा गर्नेहरु उकुसमुकुस त्यहि धुलोका बीच यात्रा गर्न बाध्य छन् । बस भित्र गुम्सने धुलोको कारण यात्रा गर्ने बालबच्चादेखि बृद्धबृद्धासम्मलाई निकै सांस्ती हुने गरेको छ । 

ग्रामिण सडकमा भइरहेको धूलोको मुख्य कारण हो, सडक निर्माण । धादिङबेसीबाट अधिंकाश उत्तरी गाउँपालिका जोड्ने यस सडकको स्तरोन्नति जारी छ । सडक निर्माणको काम थालिएको बर्षौं बित्दा पनि निकै ढिलासुस्ती भएका छन् । बिगत लामो समयसम्म निकै पछाडी पारिएको यो सडक १ किलोमिटर पनि पक्कि बनाउन नसक्दा यस भेगका नेताहरु जनतासँग लज्जित छन् । केहि बर्ष अघि पिच गरेझैं गरेको भएपनि १ बर्ष पनि उक्त पीच टिक्न सकेको थिएन । 

पछिल्लो समय भूकम्प पछीको पुनर्निर्माणको कारण दैनिक सवारीको चाप, हेभीवेटका निर्माण सामग्रीहरुको ढुवानी, ग्रामिण सडकमा उच्च वजनका टिप्परहरु संचालन भएका कारण पनि सडकको अवस्था नाजुक छ । त्यसो त सडकको खाल्डा र धुलो छल्न तीव्र गतिमा सवारी चलाउँदा पनि सवारीहरु अनियन्त्रित भएर दुघर्टना बढेका छन् । स्थानीय तहको निर्वाचन पछी बिकासको गतिले फड्को लिएको छ तर उचित व्यवस्थापन हुन सकेको छैन । सडक चौडा बिकास हुने काम भईरहेको हुँदा धुलो नियन्त्रणमा कुनै कदम चाल्न सकेको छैन । साथै विकास हुने आशामा बसेका ग्रामीण जनताहरु दैनिक सांस्ती भोग्न बाध्य छन् । 

सडक छेउछाउ बस्नेहरु अति प्रभावित 

यस भेगका ग्रामिण पसलहरु, घरहरु र घाँसको लागि उपयुक्त रुखहरु सडकको धुलोले सबैभन्दा बढी प्रभावित छन् । सडकमा हिड्नेले केहि समयको सांस्ती होला तर धुलोका कारण सडकको छेउकुनामा बनेका घरहरु गम्भीर खतरामा छन् । हरेक ५/५ मिनेटमा कुद्ने सवारी र उड्ने धुलोको कारण उनीहरुको मात्र नभई पशुचौपायाहरुको स्वास्थ्यमा नकारात्मक समस्या परेको छ । त्यस्तै सडकको झन्डै १०० मिटर तलमाथि पशुलाई खुवाउनुपर्ने घासहरु धुलोको कारण खुवाउन उपयुक्त नहुँदा समस्या परेको प्रभावितहरुको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने