2026-09-15 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा निःशुल्क रुपमा सोलार सेट वितरण

चैत २९, बैतडी | बैतडीको पञ्चेश्वर गाउँपालिकामा निःशुल्क रुपमा एक हजार सोलार सेट वितरण गरिएको छ । 

उज्यालो पञ्चेश्वर कार्यक्रमअन्र्तगत गरिब, विपन्न, एकल महिलालगायत उज्यालोको पहुँचबाट टाढा रहेकालाई सोलार वितरण गरिएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको रु २० लाख र बाँकी वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरिएको वडा नम्बर २ का वडाअध्यक्ष दशरथ मंगोलाले जानकारी दिनुभयो । 

गाउँपालिकाद्वारा बुधबार अयोजित कार्यक्रममा प्रदेससभा सदस्य लिलाधर भट्टले सो सोलार वितरण गर्दै जनप्रतिनिधिहरुले जनचाहना अनुसार काम गर्ने बताउनुभयो । 

पञ्चेश्वर गाउँपालिकामा पनि विभिन्न समस्या रहेकाले यसको समाधानका लागि आफूले सक्दो पहल गर्छु उहाँले भन्नुभयो, “जनताले विश्वास गरेर भोट दिएकाले जनमतको कदर गरी अहिलेका जनप्रतिनिधिले काम गर्नुपर्छ ।” 

यसअघि चैत पहिलो साता बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि “उज्यालो दोगडाकेदार” बनाउन गाउँपालिकाभित्र निःशुल्क रुपमा एक हजार सोलार पाता वितरण गरेको थियो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ