बैशाख १२ काठमाण्डौ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ |
मंगलबार प्रतितोला ५८ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज बढेर प्रतितोला ५९ हजार पुगेको छ | त्यस्तै मंगलबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको तेजावी सुनको मूल्य पनि आज ५८ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदी भने स्थिर रहेको छ | चाँदी आज प्रतितोला ७ सय ६५ मा कारोबार भैरहेको छ |