२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा सडकनै नपुगेका ठाउँमा मोटरसाइकललाई भुक्तानी, देउडा गाउनेलाई ८० हजार

२०७५, १२ बैशाख बुधबार १५:१४

कालिकोट १२ बैशाख । महालेखा परीक्षकको कार्यालयको ५५ औं प्रतिवेदनअनुसार कालिकोटका साविकका गाउँ विकास समितिहरूले एउटै फोटो देखाएर तीनवटा योजनाको भुक्तानी दिएको र दान गरेको जग्गाको मुल्य तिरेको देखाएको छ । स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ को विपरित गाउँ विकास समितिहरूले खर्च गरेका हुन् ।साविकका गाबिसहरू खारेज भइसकेका र गाउँपालिका नगरपालिका बनिसकेपछि बिभिन्न आर्थिक अनियमिता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सडकनै नभएको गाउँपालिका मोटरसाईकल

जिल्लाको नरहरिनाथ गाउँपालिकाले मोटरसाइकल कालो पल्सर १ थान नेपाल ट्रेड च्यानल सुर्खेतबाट २ लाख ४३ हजार ३ सयमा खरिद गरेको प्रतिवेदन उल्लेख गरिएको छ । नरहरिनाथ गाउँपालिकामा अहिले पनि सडक नपुगेको त्यो मोटरसाइकल खरिद गर्न उपयुक्त नभएको स्थानीय रामबहादुर बटालाले बताए । “उक्त मोटरसाइकल हालसम्म कार्यालयको नाममा दर्ता गरी व्लुबुक समेत लिएको छैन,” उनले भने, “यो सडक नपुगेको ठाउँमा मोटरसाइकल नै आवश्यक थिएन ।”

देउडा गाएवापत ८० हजार पारिश्रमिक

जिल्लाको नरहरिनाथ गाउँपालिका तत्कालिन लालु गाविसले पूर्ण खोपयुक्त जिल्ला घोषणाको लागी परिषद्बाट स्वीकृत कार्यक्रम र कार्य तालिका बेगर डेउडा गाए वापत एक जना व्यक्तिलाई ८० हजार भुक्तानी दिएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरेको छ ।

एउटै फोटो राखेर ३ योजनाको भुक्तानी

स्वास्थ्य चौकी रुप्सामा खानेपानी धारा निर्माणको लागी रुप्सा स्वास्थ्य चौकीलाई १ लाख ७० हजार रुपैयाँ भुक्तानी दिएको मा अन्य ३ वटा गाउँ विकास समितिका कार्यालयहरूले समेत सोही फोटो राखी ४ लाख ६७ हजार भुक्तानी दिएको उल्लेख गरिएको प्रतिवेदन उल्लेख गरिएको छ ।

स्थानीय निकाय खारेज हुने अवस्थामा रहेको बेला स्थानीय तह गठन भईसकेको अवस्थामा छानविन नै नगरि जथाभावी स्थानीय तहको बजेट खर्च गर्ने काम भएको र त्यसको छानविन हुनुपर्ने नागरिक समाजका अगुवा अम्मलबहादुर शाहीले बताए । ‘स्थानीय निकाय खारेज भएको र स्थानीय तह सक्रिय भइ नसकेको अव्सथामा व्यापक अनियमिता भएको आंशका गरिएको छm यस सम्वन्धमा छानविन गरी एकिन गरिनु पर्दछ । यसरी एकै धाराको फोटो राखी भुक्तानी दिएको नियमसम्मत नै छैन,’ उनले भने ।

दान दिएको जग्गाको समेत भुक्तानी

हालको तिलागुफा नगरपालिका भित्र पर्ने जुविथा स्वास्थ्य चौकीको जग्गा खरिद २०७१ बैशाख ७ गते स्वास्थ्य चौकी जुविथाले जग्गा खरीद गरेको र सो जग्गा खरीदको भुक्तानी बाँकी समेत नभएको अवस्थामा तत्कालिन गाउँ विकास समितिले २०७४ असार १८ गते उक्त जग्गाको लाल पुर्जा पेश गरी जग्गा खरीद गर्न भनि १ लाख २० हजार भुक्तानी दिएको छ । तर, त्यो जग्गा स्थानीयले निःशुल्क दान दिएका थिए ।

त्यस्तै, कार्यालयको गाउँपरिषद्को निर्णयअनुसार स्वास्थ्य चौकी फाइमहादेव र गा.वि.स. भवन फोइमहादेवका लागि जग्गा क्षेत्रफल ००९००, ००७६५, ००१०४५ वर्ग्मिटरको जग्गा स्थानीय कर्ण्जित बुढा, बलबहादुर बुढा, रणबहादुर बुढा र बिर्खबहादुर बुढाबाट खरीद गरी ४ लाख खरिद गरी तत्कालिन फाइमहादेव गाविसले भुक्तानी दिएको भएपनि जिल्ला मालपोत कार्यालय कालिकोटको अभिलेख अनुसार उक्त जग्गा २०७३ भदौ १३ गते बिर्खबहादुर बुढा र.न. १८१ र २०७२ साल असार १४ गते रणबहादुर बुढा र.न.४२४, कर्णबहादुर बुढा र.न.४२५, बल बहादुर बुढा र.न.४२६ बाट, दानपत्रमा निःशुल्क दान दिएको अभिलेख रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो