2026-09-15 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीको ६ वटा लघु जलविद्युत् बन्द हुँदा अन्धकार

वैशाख १५, बैतडी | जिल्लाको दुर्गम सिगास गाउँपालिकामा सञ्चालनमा रहेका सातवटा लघु जलविद्युत् आयोजनामध्ये छवटा पूर्णरुपमा बन्द भएका छन् । 

मर्मत सम्भारको अभावमा लघु जलविद्युत् बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । 

२०५८ सालमा निर्माण भएको सिगास गाउँपालिकाको शिवलिङ्गमा रहेका १० किलोवाट क्षमताको सिराडीखोला लघुजल विद्युत आयोजना, सोही बर्ष निर्माण भएको ८ किलोवाट क्षमताको बल्लेखोला लघुजल विद्युत आयोजना , त्यसको दुई बर्षपछि निर्माण भएको १८ किलोवाट क्षमताको नेउलालीगाँड लघुजलविद्युत आयोजना र २०६५ सालमा निर्माण सम्पन्न भएको १६ किलोवाट क्षमता भएको न्वाघरीगाड लघुजल विद्युत आयोजना अहिले बन्द रहेका छन् । 

सिगास गाउँपालिकाको शिवलिंगमा रहेका ४ ओटा लघुजल विद्युत आयोजनाबाट ५२ किलोवाट विद्युत उत्पादन भइरहेको थियो भने ५१२ घरधुरीले बिजुली बालीरहेका थिए । तर ती आयोजना बन्दभएपछि स्थानियबासी अन्धकारमा बस्दै आएका छन । यस्तै सिगास गाउँपालिकाको वडा नं १ मा रहेको इरानागाड लघुजल विद्युत आयोजना पनि पूर्ण रुपमा बन्द भएका छन् । 

लाखौको लगानी गरेर निर्माण गरिएका लघुजलविद्युत आयोजना बन्द भएपछि अहिले एकहजार बढी घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । तत्कालीन जिल्ला विकास समिति अन्तर्गतको उर्जा तथा वातावरण शाखा र विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा निर्माण भएका ती जलविद्युत आयोजनाहरु बन्द हुँदा लाखौं सामग्री नष्ट हुने अवस्थामा पुगेका छन् । 

गाउँपालिकाको वडा नं ८ मा रहेका बल्लेखोला र सीराडी खोल लघुजल विद्युत आयोजनामा तार र पोल बाहेक अरु सामग्री नष्ट भईसकेका वडा अध्यक्ष कर्णबहादुर साउँदले जानकारी दिनुभयो । वडा नं ६ मा रहेका थलालीगाड लघुजलविद्युत आयोजना मर्मतका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ भने न्वाघरीगाड र न्यौलालीगाड लघुजल विद्युत आयोजना मर्मतका लागि पच्चीस पच्चीस लाख रुपैया विनियोजन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ