2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विप्रेषणसँगै गाउँमा विकास भित्रियो

वैशाख १६, बाबियाचौर | रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका रघुगंगा गाउँपालिका–१ बेगका बासिन्दाले गाउँमा करोडौँको विकास भित्र्याएका छन् । 

देशमा रोजगारीको अवसर नहुँदा बाध्यताले विदेशिएका बेगखोलाका बासिन्दाले घरमा रेमिट्यान्सको अलावा गाउँमा विकासका पूर्वाधार भित्र्याएका हुन् । 

प्रवासीको पहलमा बेगमा करोडौँ लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो । 

देशका विभिन्न शहर र विदेशमा पुगेका बेगखोलावासीले बेगखोला कल्याणकारी समाज गठन गरी गाउँको विकासमा सहयोग जुटाउने गरेका छन् । पोखरा, काठमाडाँै, बेलायत, हङकङ, जापान, कोरिया, अमेरिका, कतार, बहराईन, सिंगापुरलगायतका देश विदेशमा पुगेका बेगका बासिन्दा समाजमा आबद्ध भएका छन् । 

समाजको पहलमा रु एक करोड २५ लाख जुटाएर विसं २०७० मा छ किलोमिटर दूरीको बेगखोला–देउराली नमूना हरित सडक र पाँच किलोमिटर दूरीको तिप्ल्याङ–बादुक भिसी मार्ग निर्माण भएको वडाध्यक्ष फगामीले बताउनुभयो । 

प्रवासी र स्थानीयवासीको पहलमा बेग देउरालीमा सभाहलसहितको सामुदायिक भवनसमेत निर्माण भएको छ । उक्त भवनको भित्ता बेगखोला–देउराली र तिप्ल्याङ–बादुक सडक निर्माणमा सहयोग गर्ने चन्दादाताको नामसहितको शिलालेखले भरिएको छ । 

बेगको तिप्ल्याङस्थित कालिका आधारभूत विद्यालयमा स्व भिसी पुनको स्मृतिमा बेलायती अभिनेत्री जोहोना लुम्लीको पहलमा विसं २०६८ मा १० कोठे पक्की कक्षाकोठा भवन निर्माण भएको थियो । विसं २०७२ मा बेलायतको ह्यान्डस टुगेडर तिप्ल्याङ परियोजनाको सहयोगमा थप पाँच कोठे भवन निर्माण भएको थियो । 

बेगखोला युवा क्लबको पहलमा विसं २०७३ मा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको रु १४ लाख ३४ हजारको सहयोगमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको थियो । 

हरेक वर्ष आफ्नो जन्मथलोको विकासका लागि कुनै न कुनै अभियान सञ्चालन गर्दै आएको समाजले यस वर्ष बेगस्थित महादेव माविको भवन पुनःनिर्माण अभियान सञ्चालन गरेको छ । विसं २०२५ मा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण बनेपछि समाजको अगुवाइमा शुरु भएको अभियानका क्रममा रु एक करोड ३३ लाख सहयोगको घोषणा भएको समाजका अध्यक्ष योगकुमार फगामीले बताउनुभयो । 

कक्षा १० सम्म पठनपाठन हुने १७० जना विद्यार्थी अध्ययनरत विद्यालयमा यसअघि प्रवासी पूर्व विद्यार्थीले रु ३२ लाखको विभिन्न अक्षयकोष स्थापना गरेका छन् । कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीको प्रोत्साहनका लागि छुट्टाछुट्टै अक्षयकोष रहेका छन् । 

ग्रामीण क्षेत्रमा रहेको विद्यालयको भौतिक, शैक्षिक विकासमा पूर्व विद्यार्थीको सहयोग प्रभावकारी बनेको प्रअ धनबहादुर फगामीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई