जेठ २१ काठमाडौं । साताको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । निरन्तर ओरालो लागीरहेको सुनको मूल्य सोमबार स्थिर रहेको हो ।
त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।