2026-09-13 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चुरे क्षेत्रमा बैकल्पिक उर्जाका सम्भाव्यता अध्ययन: मन्त्री सोनल

राम नारायण पंडित | जेठ ३१, सिरहा | प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले चुरे क्षेत्रबाट ५० मेगावाट बैकल्पिक उर्जा उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रमको आज सिरहाको मिर्चैयामा सम्बोधन गर्दै मन्त्री सोनलले त्यसका लागि चुरे क्षेत्रमा छिटै बैकल्पिक उर्जाको सम्भाव्यता अध्ययन गरिने दाबी गरे । 

प्रदेशलाई प्राबिधिक शिक्षाको हबको रुपमा विकास गरिने सरकारको योजना रहेको भन्दै उनले प्रदेशका बिभिन्न स्थानमा प्राबिधिक शिक्षालयहरु छिटै स्थापनाको तयारी भईरहेको स्पष्ट गरे ।

बजेट बिनियोजनमा केन्द्र सरकारले २ नम्बर प्रदेशसँग बिभेद गरेको आरोप समेत मन्त्रि सोनलले आरोप लगाए । उनले भने “संघिय सरकार अन्य प्रदेशको तुलानामा २ नम्बर प्रदेशलाई कम बजेट बिनियोजन गरेर नजरअन्दाज गरिरहेको छ ।”

प्रदेश सरकारले ४ महिनाको अबधीमा महत्वपुर्ण कार्य गरेको जिकिर गर्दै उनले प्रदेशलाई सम्बृद्ध बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरे ।

कार्यक्रममा उपस्थित मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले नगरपालिकामा रहेका सडक, भवन लगायतका बर्तमान समस्यालाई तत्काल सम्बोधन गर्न मन्त्रि सोनलसंग आग्रह गरे । 

भेटघाट कार्यक्रममा राजपाका सहमहामन्त्री तथा प्रदेश सभा सदस्य सुरेश मण्डल, राजपाका युवा नेता रामकुमार मण्डल लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन