By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    2 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    2 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    6 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने
अर्थ/विकासकास्की - KSK

प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने

साझासवाल
Last updated: June 19, 2018 8:51 am
साझासवाल
5 Min Read
Share

हरि बास्तोला/असार ५, पोखरा | प्रदेश नं ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक सञ्जालमा जोड्ने तयारी गरिएको छ । 

प्रदेश नं ४ को असार १ गते शुक्रबार प्रस्तुत गरिएको बजेटमा सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले सेवा प्रवाहमा पहुँच वृद्धि गरी स्थानीय तहबीच सन्तुलन कायम गर्न प्रदेशस्तरीय सडक सञ्जाल निर्माण गर्ने जनाएको छ । 

प्रदेश नं ४ को आर्थिक वर्ष २०७५÷७६ को कूल रु २४ अर्ब दुई करोड ३३ लाख बजेटमध्ये सडक पूर्वाधारका लागि मात्र रु तीन अर्ब ४७ करोड ३७ लाख छुट्याइएको छ जुन कूल बजेटको १४ प्रतिशत हो । 

बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशमा रहेका ८५ वटा स्थानीय तहका वडा हुँदै प्रदेश राजधानी जोड्न पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १२ महिना यातायात सेवा पुर्याउने उद्देश्यका साथ रु दुई अर्ब छ करोड ६५ लाख विनियोजन गरिएको छ । 

प्रदेशको समृद्धि मार्गको रुपमा रहेको कोरला–पोखरा सडक खण्डको निर्माणमा सहजीकरण गर्दै प्रदेश गौरबको आयोजनाको रुपमा रहेको पोखरा –भिमाद–डेढगाउँ हुँदै दुम्कीबास द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनसहितको विस्तृत आयोजना प्रतिवेदन तयार गरिने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार भौगोलिक रुपमा अति विकट र विकासका दृष्टिले पछाडि परेका प्रदेशका गोरखाको चुम–नुम्ब्री र धार्चे, नवलपुरको हुप्सेकोट र बागलुङको ढोरपाटन क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी एकीकृत विकास कार्यक्रम सञ्चालन गर्न रु चार करोडको व्यवस्था गरिएको छ । 

बूढीगण्डकी, देवघाट–घुमाउने–मुग्लिङ र मस्र्याङ्दी करिडोर मार्गको विकास गर्ने प्रदेश सरकारको योजना छ । मन्त्री गुरुङले शालिग्राम सांस्कृतिक करिडोर (देवघाट–पुट्टार–केलादीघाट–चाँपाकोट–राम्दी–कारिकोट–सेतीवेणी–फलेवास–मालढुंगा–बेनी) विस्तृत आयोजनाको प्रतिवेदन तयार गरी निर्माण कार्य अघि बढाउन रु दुई करोड विनियोजन गरिएको बताउनुभयो । 

प्रदेशभित्र सडक सञ्जालसँग जोड्न आवश्यक अध्ययनका आधारमा मोेटरेवल पुल निर्माणका लागि रु ५१ करोड ८५ लाख बजेट प्रस्ताव गरिएको छ । गाउँबस्तीमा सहज आवागमनका लागि विभिन्न नदी र खोलामा झोलुङे पुल निर्माणका लागि रु छ करोड २७ लाख बजेट व्यवस्था गरिएको छ । 

अन्तर्राष्ट्रियस्तरको आधुनिक सुविधा सम्पन्न बहुउपयोगी सम्मेलन केन्द्र निर्माण गर्न रु एक करोड बजेटको व्यवस्था गरिएको छ । मन्त्री गुरुङले भौतिक पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न गुणस्तर मापन प्रयोगशाला स्थापना गर्न बजेटको व्यवस्था गरिएको छ । 

कोरला–पोखरा हुँदै सुस्ता जोड्ने सडक प्रदेशको समृद्धिका लागि महत्वपूर्ण हुने बताउने मुस्ताङका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले छिमेकी भारत र चीन दुबै देशलाई जोड्ने गरी सरकारले ल्याएको योजनालाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राख्नुभयो । 

सडक निर्माणसँगै स्थानीय उत्पादनको बजारीकरणका साथै धार्मिक क्षेत्र मुक्तिनाथमा भारतीय र गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा चिनिया पर्यटक ल्याउन महत्वपूर्ण योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो । 

अन्नपूर्ण गाउँपालिकाका उपप्रमुख सगुन गुरुङले स्थानीय तहका वडालाई पालिका केन्द्र, जिल्ला हुँदै प्रदेश राजधानीसँग जोड्न अपरिहार्य भएको बताउँदै यसले संघीयताको कार्यान्वयनसहित प्रदेश र स्थानीय तहलाई थप मजबुत बनाउने विचार व्यक्त गर्नुभयो । 

प्रदेश नं ४ का सबै केन्द्र सडकको सञ्जालसँग जोडिने हो भने पालिकाको केन्द्रबाट जनतालाई सेवा लिने सहज हुने माछापुच्छ्रे गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी दवाडी बताउनुहुन्छ । 

सडकको अभावमा धम्पुसका जनता सार्वजनिक यातायातको साधनबाट पोखरा महानगरपालिकाको हेम्जासम्म पैदल दुई घण्टा हिँडेर गाउँपालिकाको केन्द्र लाहाचोक पुग्नुपर्ने बाध्यता छ । उहाँ भन्नुहुन्छ – “सडक सञ्जालले जोड्ने हो भने सेवाग्राहीलाई सुविधा पुग्नुको साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणसँगै जनताले परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न पाउँछन् । 

एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रम 

सरकारले एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रमअन्तर्गत प्रदेशका ३६ निर्वाचन क्षेत्रका लागि रु दुई करोड १० लाखका दरले ७५ करोड ६० लाख रकम विनियोजन गरेको छ । 

सडक सञ्जालसँग नजोडिएका क्षेत्रलाई सडक सञ्जालसँग आवद्ध गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गरी मोटरेवल पुल निर्माण गर्न ५१ करोड ८५ लाख छुट्याइएको छ । 

प्रदेशका गाउँबस्तीमा सहज आवागमनका लागि विभिन्न नदी र खोलामा जनताको आवश्यकताको आधारमा झोलुङ्गे पुल निर्माण गर्न रु छ करोड २७ लाख बजेट व्यवस्था गरिएको छ । 

संघ र स्थानीय तहसँगको सहकार्यमा पृथ्वी लोकमार्गको विजयपुर खोलामा कलात्मक पुल (सिग्नेचर÷आर्क ब्रिज) निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सरकारको योजना छ । 

कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणको लागि रु दुई अर्ब आठ करोड ८० लाख बजेट विनियोजन गरी पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कृषिको माध्यमबाट प्रदेशलाई समृद्ध बनाउन सडक सञ्जाल कोशेढँुगा सावित हुने यस क्षेत्रका विज्ञहरुको धारणा रहेको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article राष्ट्रियसभाका अध्यक्ष सुटुक्क राज्यमन्त्रीको क्वार्टरमा छिरेपछि…(भिडियोसहित)
Next Article सोलुखुम्बुमा जंगली जनावरको शिकार बढ्दो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार, अब आइकाओ मापदण्ड पुरा

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

नेप्सेमा ८८ अङ्ककाे पहिराे !

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

यस्तो छ आज मलेसिया,दुबई,कतार लगायतका देशको विनिमयदर

57 years ago
अर्थ/विकासरामेछाप - RMC

रामेछापमा सवा २ करोड भन्दा बढी रकम फ्रिज

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?