माछापुच्छ्रे गाउँपालिकाको बजेट ४५ करोड

साझासवाल
2 Min Read

असार ११,पोखरा। कास्कीको उत्तरी भेगस्थित माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४५ करोड सात लाख ८० हजार बजेट विनियोजन गरेको छ ।

माछापुच्छ्र गाउँपालिकाको रहर, सभ्य, समृद्ध, सुखी र खुसीको लहर’ नारासहित गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजित गाउँसभासमक्ष गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष कृष्णकुमारी दवाडीले बजेट सार्वजनिक गर्नुभयो ।

चालू खर्चतर्फ रु २८ करोड ३७ लाख ५५ हजार, पूर्वाधार विकासतर्फ रु नौ करोड ५३ लाख २९ हजार, आर्थिक विकासतर्फ रु एक करोड ५५ लाख, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ रु २५ लाख तथा सुशासन, संस्थागत विकास र सेवा प्रवाहतर्फ रु तीन करोड ५८ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ ।

सडक सञ्जाल निर्माण र स्तरोन्नतिका लागि रु आठ करोड १८ लाख छुट्याइएको छ । सिँचाइ कुलो निर्माण तथा मर्मत सुधार गरी कृषि उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्न रु एक करोड ३३ लाख ५० हजार विनियोजन गरिएको छ । सुशासन तथा संस्थागत सुधारसँगै संरचनागत विकासका लागि रु एक करोड ७८ लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष गुरुङले माछापुच्छ्रे हिमाल आरोहण खुला गर्न सम्बद्ध निकायसँग छलफल गरी पहल गरिने बताउनुभयो । उहाँले पदयात्रा पर्यटनको विकासका साथै बञ्जीजम्प, क्यानोनिङ, प्याराग्लाइडिङ, हनी हन्टिङ, रक क्लाइम्बिङ, पर्वतारोहणजस्ता साहसिक खेलको विकासका लागि पूर्वाधार निर्माणमा ध्यान दिइने बताउनुभयो । (रासस)

Share This Article
Leave a Comment

Leave a Reply